तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
फागुन १५, २०७७ शनिबार १२:३०:२४
वि.सं.२०७७ साल फाल्गुन १५ गते । शनिबार । ई.श्वी सन् २०२१ फेब्रुवरी २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–पूर्णिमा,१९ घडी १९ पला, दिउसो ०२ बजेर १६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–मघा,१३ घडी १७ पला,बिहान ११ बजेर ५२ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–सुकर्मा,३५ घडी २० पला,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त धृति । करण–बव,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त बालव, रातको ०१ बजेर २६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान २८ घडी ४३ पला । श्रीस्वस्थानी व्रत समाप्त ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- विगतका गल्ती तथा कमी कमजोरी हरुलाई सच्याउदै परिणाममुखी काम गर्न सकिने छ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरु वर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पती हात लागी हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउदै आम्दानिमा बृद्धि गर्न सकिने छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । प्रतिस्पर्धी हरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यवसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । मायाप्रेममा धोका तथा विश्वास घात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यवसायमा लगानी गर्नको लागी केहि समय पर्ख हेरको रणनीति अपनाउनु नै हितकर हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुदा महत्वपूर्ण निर्णयहरु गर्न सकिनेछ । मायाप्रेममा विश्वास बढ्नेछ भने जीवनसाथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । बिद्यार्थीहरुले थोरै समय दिदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पदप्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैया जुटाउन सहज हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दरबस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाईलेखाईमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- कामगर्दा बिशेष शावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ भने विदेशी लगानीबाट सञ्चालित उद्योग तथा व्यवसाय फस्टाएर जानेछ । कर्मप्राप्तिको लागी लामो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ । पढाईलेखाईमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ, सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने विदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाईलेखाईमा मन जानेछैन भने अल्छि गर्नाले अन्यकामहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- ध्यान अन्यत्रै मोडिदा पढाईलेखाईमा अरु भन्दा पछी परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्वपूर्ण अवसरहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथीभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यवसायवाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायबाट भने आम्दानी वढाउन सकिनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – सुरु गरीएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्ती हरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यवसायमा थोरै लगानी गर्दा पनि मनग्गे आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुँदा पढाईलेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने मायाप्रेममा सामिप्यता बढेर जानेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- आउने ठाउँबाट रुपैया पैसा नआउनाले बनाएका योजनाहरु थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । मायाप्रेममा तित्तता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्राेसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । तरपनि बैक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यवसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाईलेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिने छ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई साईड लगाउदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट प्रेमप्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार