अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १५:३८:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/bepatta_FKazkFaBvy.jpeg)
१६ फागुन, जाजरकोट । अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र ? आफन्तले दिने सल्लाह अनि दिशानिर्देशबाट भावी कार्यसम्पादन गर्ने रहर नभएको को होला रु जनयुद्धकालमा बेपत्ता बनाइएका शिक्षक अहिले २० वर्षसम्म कहाँ छन्, भन्ने परिवारलाई जानकारी छैन । दैनिक बुवाको सम्झनामा भेरी नगरपालिका–२ की शारदा शर्मालाई झस्काउने गर्दछ ।
शिक्षण पेशामा रहेका शिवप्रसाद शर्मालाई तत्कालीन राज्य पक्षबाट विसं २०५७ फागुन १३ गते नेपालगञ्जबाट बेपत्ता बनाइएको थियो । बेपत्ता बनाएको २० वर्ष बिते पनि अहिलेसम्म सास र लास कुनै कुरा राज्य पक्षबाट जानकारी गराइएको छैन । बेपत्ता शिवका दुई छोरी र श्रीमती अहिले पनि उनको मूलबाटो हेरेर पर्खिरहेका छन् ।
राति घरको ढोकामा आवाज आउँदा होस् वा अन्य कारणले आवाज आए पनि बुवा नै आउनुभएको हो भनेर मन फुरुङ्ग हुने गरेको बेपत्ता शिवकी जेठी छोरी शारदाले बताए। उनले भने, “मैले मेरो बुवालाई बेपत्ता बनाएको दिनदेखि कहिल्यै देख्न पाइनँ, बुवालाई किन र केका लागि बेपत्ता पारियो पत्ता लागेको छैन ।” राज्यले रु १० लाख राहत त दियो तर बुवाको अवस्थाका बारेमा अहिलेसम्म कुनै खास प्रतिक्रिया दिइएको छैन । पैसाले बुवाको माया नपाइने भन्दै शारदाले बुवाको अवस्था तत्काल सार्वजानिक गर्नसमेत माग गरे।
जुनिचाँदे–४ का दलबहादुर रोकाको पनि शारदाको भन्दा कम पीडा छैन । उनी भन्छन्, “सरकारले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई राहत दिने भनेको छ तर पनि अहिलेसम्म हामीले केही पाएको अवस्था छैन ।” छेडागाड नगरपालिका–१३ का मानबहादुर बुढाले आँखाभरि आँशु पार्दै भने, “बुवा गुमाउनुको पीडालाई कहिल्यै भुल्न सक्दिनँ, अहिलेसम्म बुवाको अवस्था के छ भन्ने कुरा जानकारीसम्म नहुँदा हामी मानसिकरूपमा समस्यमा परेका छौँ ।”
जाजरकोटबाट मात्र १२ जना बेपत्ता भएको सूची छ । उनीहरुको अवस्थाबारेमा परिवारले जति पटक दबाब दिए पनि अवस्था सार्वजनिक नहुँदा परिवार पीडामा छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति ‘आइसीआरसी’ ले सन् २०१२ मा निकालेको तथ्याङ्कअनुसार जाजरकोटमा नौ जनाको नाम बेपत्ताको सूचीमा छ भने मृत्यु भइसकेको जानकारी भएका तर, मानव अवशेष पत्ता नलागेका तीन जनाको नाम सूचीकृत गरिएको छ ।
आइसिआरसीको सूचीमा जाजरकोटका झुपबहादुर शाहीलाई २१ मंसिर २०६० मा, सुर्खेत वीरेन्द्रनगरबाट राज्य पक्षबाट पूर्णबहादुर सिंहलाई २८ वैशाख २०६२ मा, जाजरकोटको खलङ्गाबाट राज्य पक्षबाट मानबहादुर सिंहलाई २५ असार २०५७ मा, जाजरकोटको रामीडाँडाबाट राज्य पक्षबाट मोतीराम मल्ललाई १२ माघ २०५८ मा, जाजरकोटको थालारैकरबाट राज्य पक्षबाटै रामप्रसाद खनाललाई १२ मंसिर २०५८ मा, जाजरकोटको खलङ्गाबाट विद्रोही पक्षबाट वीरेन्द्र शर्मालाई १० मङ्सिर २०६१ मा, राज्य पक्षबाट जाजरकोटको सुवानाउलीबाट शिवप्रसाद शर्मालाई १३ फागुन २०५७ मा र बाँकेको नेपालगञ्जबाट राज्य पक्षबाट शिवबहादुर सिंहलाई १७ मङ्सिर २०६० मा बेपत्ता बनाइएका छन् ।
त्यसैगरी आइसिआरसीले मृत्यु भइसकेको जानकारी भएका तर मानव अवशेष पत्ता नलागेकाको सूचीमा जाजरकोटका खम्बे कामीलाई २१ चैत २०५४ मा खलङ्गाबाट राज्य पक्षले पक्राउ गरेको, गुमानसिंह रानालाई १ चैत २०५५ मा सुर्खेतको राकम बादापिपलबाट राज्य पक्षले पक्राउ गरेको, भूमिलाल बस्नेतलाई १५ कात्तिक २०५५ मा जाजरकोटको खलङ्गाबाट राज्य पक्षले पक्राउ गरेको र विष्णु वटालालाई १५ पुस २०५५ मा जाजरकोको खलङ्गाबाट राज्य पक्षले पक्राउ गरेर बेपत्ता बनाएको उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउमेरले उकालो चढ्दै गरेका साङ्दो र पेमा भुटी छोरा गाउँ फर्केपछि खुसी
असार २१, २०८१ शुक्रबार
ग्वार्को फ्लाई ओभर निर्माण तयारी तिव्र ( फोटो फिचर )
असार २१, २०८१ शुक्रबार
शहरमा नयाँ 'नव्य नाचघर' : जहाँ आजदेखि मन्चन हुँदैछ नृत्य नाटक ‘प्रेमारम्भ’
असार २१, २०८१ शुक्रबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
असार २८ गते विश्वासको मत लिन प्रधानमन्त्रीले संसद सचिवालयमा पठाए पत्र
असार २१, २०८१ शुक्रबार
रौतहटमा १ हजार ७०० वटा भारतीय चल्ला सशस्त्र प्रहरीद्वारा बरामद
असार २१, २०८१ शुक्रबार
लिज ट्रस टेरी जेरेमीसँग ६३० मत अन्तरले पराजित
असार २१, २०८१ शुक्रबार
विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं : प्रधानमन्त्री प्रचण्ड
असार २१, २०८१ शुक्रबार
राष्ट्रियसभाबाट पनि पारित भयो बजेट
असार २१, २०८१ शुक्रबार
मलाई स्पष्टीकरणको मौका नदिई निलम्बिन निलम्बन गरियो : ढकाल
असार २१, २०८१ शुक्रबार