स्वस्थ्य मनको लागि खेलकुद अपरिहार्यः सासद यादव
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १६:२०:८
१६ फागुन, वीरगन्ज । राष्ट्रियस्तरका खेलाडीहरु समेतको संलग्नतामा स्थापना भएको वीरगन्ज स्पोर्टस क्लबको शनिवार एक भब्य समारोहविच उदघाटन भएको छ । पर्सा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ‘सासद’ प्रदीप यादवले संस्थाको उदघाटन गरेका हुन ।
संस्थाको उदघाटन गर्दै सासद यादवले युवाहरुको लागि खेलकुद महत्वपुर्ण भएको बताउदै यस संस्थाको माध्यमले खेलकुदको बिकासमा टेवा पुग्ने बिश्वास जनाए । उनले तन्दुरुस्त तन र स्वस्थ्य मनको लागि खेलकुद अपरिहार्य रहेको टिप्पणी गरे ।
संस्थाका अध्यक्ष हासिम अन्सारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बोल्दै सासद यादवले युवाहरुको सक्रियता र बहुआयामिक बिकासमा आफु सदैव साथ रहेको जिकिर गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य जनत अन्सारी बिशिष्ठ अतिथी रहेका थिए । त्यसतै जनता समाजवादी पार्टीका जिल्ला सदस्य नुर आलम अन्सारी, नगर उपाध्यक्ष शेख रुस्तम, पर्सा क्रिकेट संघका जिल्ला अध्यक्ष दाउद अन्सारी लगायतको उपस्थिती रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार