भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १६:२७:५८
१६ फागुन, वीरगन्ज । जनता समाजवादी पार्टिका केन्द्रिय सदस्य एवम प्रतिनिधिसभा सदस्य सासद प्रदीप यादव र भारतको केन्द्रीय सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा. हर्षबर्धनबिच दिल्लीको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । हालै भारतको अनौपचारिक भ्रमणमा राजधानी दिल्ली पुगेका सांसद यादवले वर्तमान संकटपुर्ण घडीमा भारत सरकारले १० लाख डोज कोरानोको खोप सहायता स्वरुप प्रदान गरकोमा धन्यवाद व्यक्त गरे ।
त्यसतै भारतले नेपालमा भुकम्प बाढी पहिलो र अन्य संकटको बेला नेपाललाई सहयोग गर्दै आएको प्रसङग समेत जोड्दै भारत सरकार र त्यहाँको स्वास्थ्य मन्त्रालयलाई सासद यादवले धन्यवाद व्यक्त गरेका थिए । भारतमा सत्तारुढ भारतीय जनता पार्टीको बिहार प्रान्तका उपाध्यक्ष एवं मुज्जफरपुरका लोकसभा सदस्य ‘सासद’ अजय निषाद लगायतका नेताहरुको बिशेष उपस्थितीमा भएको उक्त भेटवार्तामा नेपालको वीरगन्जमा भारतमा आधुनिक उपचारको लागि विश्वस्तरमा चिनिएको संस्था ‘अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्स’ ९एआइएमएस० हस्पिट दिल्लीको शाखा नेपालको वीरगन्ज स्थापना गर्नसमेत सासद सादवले मन्त्री बर्धनसंग बिशेष माग गरेका छन् ।
स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र दिदै नेपालको तराइ तथा भारतीय सिमावर्ती जनताहरुको अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ प्रदेश नम्बर २ को सरकारसंग सहकार्य गर्दै एआइएमएस हस्पिटलको शाखा उपलब्ध गराउन अनुरोध गरेका थिए । उक्त हस्पिटलले हालसालै भारतका बिभिन्न पाँच सहरमा शाखा स्थापना गरेको छ ।
मिडिया फोर बोर्डर हार्मोनी भारतका संरक्षक रहेका सासद अजय निषादले वीरगन्जमा एआइएमएस हस्पिटलको शाखा स्थापना गर्दा नेपाल र भारतका लाखौ सिमावर्ती जनताहरु दिल्ली धाउनु पर्ने बाध्यता समाप्त हुने बताए । सासद निषादले बिशेष पहल गरिदिन मन्त्री हर्षबर्धनलाई सल्लाह दिएका थिए । मन्त्री हर्षबन्र्धनले नेपाली जनताको लागी भारत सरकार र आफुबाट हुन सक्ने सक्दो सहयोग प्रदान गर्ने आश्वासन व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार