डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु,अस्पतालमा प्रहरी परिचालन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १६:५६:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/hospital-1_ebDQmvT7vL.gif)
१६ फागुन, प्युठान । अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारले विरोध जनाएका छन् । झिमरुक गाउँपालिका-७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति मृत्यु भएको हो ।
अनिसाले गत बिहीबार पहिलो शल्यक्रियाबाट शिशु (छोरा)को जन्म दिएकी थिइन् । अस्पतालले उनको पुन शनिबार दोस्रो पटक शल्यक्रिया गरेको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालले शनिबार राति २ बजे बुटवल रिफर गरेको थियो ।
उनलाई बुटवल ल्याउदै गर्दा दाङको भालुबाङमा मृत्यु भएको थियो । अस्पतालले बिरामीलाई अन्तिम समयमा रिफर गर्नु अस्पतालको लापरवाही भएको मृतकको श्रीमान सुदन थापाले बताएका छन् ।
अनिसाको शवलाई अहिले प्युठान जिल्ला अस्पतालमै राखिएको छ । अस्पतालमा आफन्तहरुको भिड जम्मा हुन थालेपछि प्रहरी परिचालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार