सुजनको ‘लजाएर’ गीत सार्वजनिक
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १८:११:१८
१६ फागुन, काठमाडौं । २ वर्षअघि निर्देशक नवीन चौहान गायक सुजन चापागाईंको गायकीबाट निकै प्रभावित बने । त्यतिबेला नवीनसामु सुजनले ‘लजाएर’ बोलको गीत गुन्गुनाएका थिए । त्यही गीत सुनेर उनले सुजनलाई प्रस्ताव गरे, ‘तिनपाते’ गाउन ।
‘तिनपाते’ले करोड भन्दा बढी स्रोता दर्शकको मन जित्यो र उनीहरूको सहकार्य थप मजबुत बन्यो । त्यसैको परिणामस्वरुप नवीन र सुजनको सहकार्यमा ‘लजाएर’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक सुजनको युट्युव च्यालनमार्फत् गीत भिडियो सार्वजनिक भएको हो । शैलेश गिरीको शब्द रहेको गीतलाई सुजनले स्वर र संगीत दिएका छन् । भिडियोमा सुजनले प्रिया लिम्बुसँग स्क्रिन सेयर समेत गरेका छन् । भिडियोमा गायक र ‘फ्यान’बीचको प्रेमसम्बन्ध दृश्यकथामा आकर्षक र पृथक शैलीमा प्रस्तुत गरिएको छ ।
सरल शब्द, रुमानी दृश्य र मनप्रिय संगीतले गीति भिडियोलाई नयाँपन दिएको छ । भिडियोमा ‘तिनपाते’बाट निकै चर्चामा आएको जोडी मिलन खत्री र अनु काफ्लेको अभिनयले कथालाई रोमाञ्चक बनाएको छ । त्यसैगरी सरिना गुरुङ, शिव थापा, सुजन भट्टराई लगायतको अभिनय पनि भिडियोमा देख्न सकिन्छ ।
परिवेशमा नयाँपन
म्युजिक भिडियोमा सधैं नौलो प्रयोग गर्न रुचाउने निर्देशक नवीन चौहानको यो छैटौं भिडियो हो । भिडियोमा पात्रहरूको मनोविज्ञान, उनीहरूको संवाद र दृश्यलाई मौलिक बनाउन उनको मेहेनत झल्केको देखिन्छ ।
नवीनका अघिल्ला भिडियो ‘लुकिछिपी’देखि ‘बटौली’, ‘के माया लाग्छ र’, हुँदै ‘तिनपाते’सम्म हेर्ने हो भने कथाहरू गाउँले परिवेशमा आधारित छन् । तर यसपालि उनको कथावस्तु र परिवेश भिन्न छ ।
सहरीया परिवेशमा उनले फरक शैलीको गीति भिडियो निर्माण गरेका छन् । उनी भन्छन्, ‘सहरीया परिवेशमा केही गर्ने हुटहुटी अलि अगाडिदेखि नै थियो । त्यो मौका अहिले आएर पूरा गर्न सकेकोमा खुसी छु ।’
यसपछि नवीनको निर्देशन र सुजनको स्वरमा नयाँ गीत ‘बाफ’ समेत रिलिज हुने तयारीमा छ । गायक सुजनको केही समयअघि रिलिज भएको ‘गाला पु्क्क’ले पनि युट्युवमा एक करोडभन्दा बढी भ्युज पाइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार