कांग्रेस लुक्न मिल्दैन

नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २१:३०:१२

सम्पादकीय
सर्वाेच्च अदालतले ब्यूँताइदिएको प्रतिनिधिसभा यही फागुन २३ गते आइतवार अपरान्ह् ४ बजे बस्दैछ । तर वैठक के प्रयोजनका लागि बस्ने हो अहिलेसम्म प्रष्ट भएको छैन् । प्रधानमन्त्री केपी ओलीले हठात् विघटन गरिदिएको प्रतिनिधिसभा पुनस्थापित भएको तर त्यसले तत्कालै कुनै बिजनेस पाउने अवस्था भने स्पष्ट नभएको वर्तमानको यथार्थ हो । त्यसकाे कारण भनेको नेकपा अहिले पनि औपचारिक रुपमा सग्लो हुनु नै हो ।
पुष ५ गते विघटन गरेका प्रधानमन्त्री ओलीलाई पार्टीकै बहुमतले निष्काशन त गरे , तर त्यसले वैधानिकता भने पाएको छैन । साथै, ओलीलाई प्रधानमन्त्री पदबाट बर्खास्त गर्न पार्टी भित्रकै प्रतिद्वन्द्वीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरु कम्मर कसेर लागेका छन् । उनीहरुको दौडधूप र प्रयासले खासै आकार लिने अवस्था भने बन्न सकेको छैन । हिजै मात्र ओलीले झापाबाट चुनौती दिंदै भनेका छन्–ताकत भए हटाउ, फेरि जनतासँग गएर दुईतिहाई लिएर आउने छु ।
यो परिस्थितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने मौन जस्तो देखिएको छ । मौन यस अर्थमा कि विकसित घटनाक्रमप्रति उसको चासो मुुखर भएको छैन । पार्टीमा सुरुदेखि नै दुई लाइन देखियो । विघटनलाई हेर्ने दृष्टिकोण नै फरक भए । देउवालगायत संस्थापन पक्षले पुनस्थापना भन्दा ताजा जनादेश नै फाइदाजनक देख्यो । उता, संस्थापन इतर पक्षले भने लोकतन्त्र र संविधानको रक्षाका लागि नै भएपनि संसद पुनस्थापना हुनुपर्नेमा जोड ग¥यो । यही परिवेशमा अहिलेपनि पार्टी भित्रको दुई लाइन कायमै छ ।
यतिबेला निर्माण भएको डेडलक खोल्ने हैसियत कांग्रेससँग मात्र छ । ओलीका विरोधीहरु प्रचण्ड र माधवको कानूनी हैसियत खुम्चिएको छ । पार्टीमा बहुमत भएपनि संसदीय दल भित्र चाहिं फेरि पनि ओलीकै बर्चश्व रहेको छ । दलका नेताप्रति अविश्वास भए उपनेतामार्फत अविश्वास प्रस्ताव अगाडि बढाइने कानूनी व्यवस्था रहेको छ । संयोगले उपनेता सुभाषचन्द्र नेम्बाङ छन्, जो ओली निकट मानिन्छन् । नेता र उपनेता अहिले दलको बैठक बोलाउने पक्षमा छैनन् ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकता नदिएकाले प्रचण्ड–माधवको हैसियत देखिएन । जबसम्म पार्टी औपचारिक रुपमा अलग हुँदैन , तबसम्म ओली नै बलशाली हुने देखियो । यो परिवेशबाट उम्कन कांग्रेसको पहलकदमी मात्र सटिक उपाय हुन सक्छ । त्यसैले कांग्रेस सधैं अनिर्णयको बन्दी हुन सक्दैन । कुनै न कुनै रुपमा कांग्रेसले निकास दिनैपर्छ ।
त्यस्तो अवस्था आयो भने कांग्रेसले ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न अग्रसर हुनुपर्ने अवस्था आउन सक्छ । तर तत्कालको परिवेशमा भने ओली नै हावी हुने देखिएका छन् । यसले देश थप संकटमा पर्ने हो । त्यसैले अब लामो समय यो डेडलक राख्नु उचित हुँदैन । जसरी भएपनि निकास पाउने अवस्था बनाइनुपर्छ । या त बैकल्पिक सरकार दिएर वा फेरि ताजा जनादेशका लागि वातावरण बनाउन कांग्रेस नै निर्णायक शक्ति हो । कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नैपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार