किसान लक्षीत जीओ कृषि एप सञ्चालनमा

नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २२:९:३१

१७ फागुन,काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका किसानले अब मोबाइल एपमार्फत कृषि उत्पादन तथा बजारसम्बन्धी जानकारी पनि पाउने भएका छन् । यसका लागि नगरलाई गैरसरकारी संस्थासमेतले ‘जीओ कृषि एप’ सहयोग गरेका छन् ।
नगरपालिका, इसिमोड, सिप्रेड र पाथवेको सहकार्यमा डिजिटल कृषि सूचना केन्द्र, सरल कृषि विस्तार सेवा ९जिओ कृषि एप० हस्तान्तरण भएसँगै अब किसानले प्रविधिको प्रयोग गर्दै कृषि व्यवसायलाई थप व्यवस्थित र उत्पादनमूलक बनाउन सक्ने भएका हुन् ।
नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले प्राप्त सेवालाई ११ वटै वडाका लागि सेवा हस्तान्तरण गरेका छन् । उनका अनुसार यो सेवा शुरु भएसँगै ‘डिजिटल नमोबुद्ध’ अभियान नै एक कदम अघिबढेको छ ।
सो सेवाबाट नमोबुद्धका किसानले आफूले कुन समयमा कुन बाली लगाउने भन्नेबारे मोबाइल एपमार्फत नै जानकारी पाउनेछन् भने दैनिकरुपमा बजारभाउको जानकारी पनि दिन सक्नेछन् । यस्तै बाली लगाउने क्रममा कुनै समस्या आए त्यसको समाधान गर्न रोग कीरा देखापरेमा त्यसलाई नियन्त्रण गर्ने उपायसमेत मोबाइलमार्फत नै किसानले जानकारी पाउनेछन् ।
“किसानलाई मोबाइल एपमै विज्ञबाट सेवा उपलव्ध गराइनेछ”, नगरप्रमुख तिमल्सिनाले भने । एपमा किसानदेखि प्राविधिक र बजारसम्म समेटिएको जिओ कृषि इन्क्युवेसन सेन्टरका कार्यक्रम निर्देशक रादिप तण्डुकारले जानकारी दिए । उनका अनुसार किसानले कहाँ, कसरी के रोप्ने र कसरी बिक्री गर्ने भन्नेबारे सबै जानकारी एपमार्फत नै पाउनेछन् ।
इसिमोड र सिप्रेडले पाथवेसँगको सहकार्यमा नगरपालिकामा पहिलो पटक यो सेवा शुरु गरिएको हो । एपको सेवाबाट राम्रो मूल्यमा किसानले आफ्ना उत्पादन बिक्रीवितरण गर्नसक्ने अपेक्षा गरिएको छ । नगरप्रमुख तिमल्सिनाले आफूहरु निर्वाचित भएपछि डिजिटल नमोबुद्धको अवधारणा अघि सारिएको र अब कृषिमा समेत प्रविधिको प्रयोगले त्यसमा थप मद्दत पुगेको बताए ।
नगरमा यसअघि नै शिक्षा क्षेत्रमा यु लर्निङ, टकिङ टिचरलगायतका कार्यक्रममार्फत डिजिटल नमोबुद्धको अवधारणालाई अघि बढाइएको थियो । कृषि र वातावरणमैत्री नगर बनाउने आफूहरुको अभियान रहेको र वातावरणमैत्री नगरको योजनालाई विभिन्न कार्यक्रममार्फत मूर्तरुप दिइएको तिमल्सिनाले जनाए । उनले जिओ कृषि एपमार्फत किसानले बढीभन्दा बढी फाइदा लिनसक्ने र नगरले यसको सञ्चालन तथा व्यवस्थापनमा विशेष ध्यान दिनेसमेत बताए ।
यो एप परीक्षणकै क्रममा नमोबुद्ध नगरका ३६५ किसान आवद्ध भइसकेका छन् । परीक्षणकै क्रममा यो एप प्रयोग गरिरहेका स्थानीय अगुवा किसान भरत न्यौपानेले आफूहरुका लागि एप निकै उपयोगी र आवश्यक रहेको बताएका छन् । उनले एपमार्फत नै आफूहरुलाई कृषि उत्पादनका लागि आवश्यक जानकारी पाउनुका साथै उत्पादित कृषि उपजको बजारको खोजी गर्न सहज भएको सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
फागुन १३, २०८१ मंगलबार
भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटे
फागुन १२, २०८१ सोमबार
कम लगानीमा बढि आम्दानी भएपछि कृषक माहुरीपालनतर्फ आकर्षित
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार