प्रहरीको जीवनशैली सधारण हुनुपर्छ : आईजीपी थापा क्षेत्री
नेपालबहस संवाददाता
फागुन १७, २०७७ मंगलबार ०:६:४६
१७ फागुन, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले सदैव साधारण जीवनशैली अवलम्वन गरी नागरिकलाई उच्चतम सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।
प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत प्रहरी कर्मचारीहरु तथा सोही महाविद्यालयमा विभिन्न तालिमहरुमा तालिमरत प्रशिक्षार्थीहरुलाई सोमबार निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।
प्रहरी सेवालाई सेवामुखी बनाउन कर्मचारी स्वयं व्यावसायिक प्रहरी बन्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘प्रहरी सेवा सबैभन्दा उत्कृष्ट सेवा हो, समर्पित बनौं ।’ सेवाग्राहीप्रति विनम्र हुने तर विनम्रतालाई कमजोरी नठान्ने भावनाको विकास गर्दै प्रहरी सेवा प्रदान गर्ने क्रममा सकारात्मक भूमिका निर्वाह गर्दै हरेक प्रहरी कर्मचारी रोलमोडेल बन्नुपर्ने विचार उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रशिक्षण सम्बन्धी तालिम केन्द्रमा कार्यरत कर्मचारी, प्रशिक्षक तथा विभिन्न तालिममा तालिमरत प्रशिक्षार्थीहरुलाई संगठनका खातिर शिरोधार्य गर्नुपर्ने निर्देशन दिँदै एकआपसमा भाइचाराको भावना अभिवृद्धि गर्नुपर्ने उल्लेख गरे । सीमित साधन स्रोतका वावजुद उल्लेखनीय काम भइरहेको तथा उपलब्ध सुविधामा खुशी हुन सिक्नुपर्नेमा उनले जोड दिए । अनुगमन तथा निर्देशनको सिलसिलामा उक्त महाविद्यालय पुगेका प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महाविद्यालय परिसरभित्र वृक्षारोपण समेत गरेका थए ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गरेके उक्त कार्यक्रममा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले स्वागत मन्तव्य व्यक्त गरेका थए ।
यसैगरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार आयोजित कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिए । उनले जिल्ला प्रहरी कार्यालय पाल्पाको निर्माणाधीन भवन तथा कार्यालय परिसर अवलोकन गरे ।
उक्त अवसरमा आईजीपी थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने तथा अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने काममा अझै सक्रिय हुन निर्देशन दिँदै आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । आपसमा भातृत्वभाव कायम गर्दै सहयोगी भावनाको विकास गर्नुपर्ने उनले उल्लेख गरे । परिवार सुखी भए प्रहरीले राम्रो सेवा दिन सक्ने भएकोले परिवारलाई समेत यथेष्ठ ध्यान दिन उनले आग्रह गरे ।
निर्देशन सम्बोधन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकको समेत उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ: प्रहरी महानिरीक्षक कुँवर
असार १, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशमा प्रहरीलाई भौतिक संरचना अपुग
जेठ ३२, २०८१ शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
कुन प्रदेशको कस्तो कर नीति ?
असार २, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन गर्न बनेको संसदीय समितिको कार्यविधि पारित
असार २, २०८१ आइतबार
विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल सम्पन्न
असार २, २०८१ आइतबार
मजदुर आन्दोलन, देशभर पेट्रोलियम पदार्थको वितरण ठप्प
असार २, २०८१ आइतबार
सरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार
असार २, २०८१ आइतबार