राप्रपाद्धारा काठमाडौंमा हुने महाधिवेशनकाे कार्यतालिका तय
नेपालबहस संवाददाता
फागुन १७, २०७७ मंगलबार २:१३:३८
१७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ ले पार्टीको आगामी बैशाख २५ देखि २८ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि आवश्यक पर्ने ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पारित गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले निर्वाचनको कार्यतालिका पनि तय गरेको छ ।
बैठकपछि पार्टीद्वारा जारी विज्ञप्तिमा वडा देखि जिल्ला तहसम्मको कार्यसमितिको निर्वाचन चैत मसान्तभित्र गरिसक्ने उल्लेख छ । त्यस्तै सक्रिय सदस्यता वितरण चैत १५ सम्म गर्ने, महाधिवेशन प्रतिनिधि निर्वाचन बैशाख १० सम्म गर्ने र प्रदेश कार्यसमिति निर्वाचन बैशाख १५ भित्र गरिसक्ने निर्णय बैठकले गरेको केन्द्रीय सचिवालयका प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै समायोजन गर्न बाँकी जिल्लाहरूको ७ दिनभित्र समायोजन गर्न पार्टीका नेता बुद्धिमान तामाङ, विक्रम पाण्डे, सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्रा सम्मिलित ४ सदस्यीय समिति बैठकले बनाएको छ ।
मितिः– २०७७ फागुन १७ गते
प्रेस विज्ञप्ती
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री कमल थापाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले देहाय बमोजिम निर्णय गरेको छ । १. राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी २०७८ बैशाख २५ देखि २८ सम्म काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गरि ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पारित गरियो । जस अन्तर्गतः क) जिल्ला निर्वाचन समितिको गठन २०७७ फागुन २५ भित्र गरिसक्ने । ख) सक्रिय सदस्यता वितरण अभियान लाई २०७७ चैत १५ सम्म म्याद थप गर्ने । ग) वडादेखि जिल्ला तहसम्मका कार्य समितिहरुको गठन चैत मसान्त सम्ममा गरिसक्ने । घ) महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन २०७८ बैशाख १० भित्र सम्पन्न गर्ने । २. समायोजन बाँकी रहेका जिल्लाहरुको ७ दिन भित्र समायोजन गर्न पार्टीका नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव बहादुर प्रधान र भास्कर भद्रा रहेको ४ सदस्यीय समिति गठन गरिएको छ ।
भास्कर भद्रा ध्रुव बहादुर प्रधान
प्रमुख प्रमुख केन्द्रीय सचिवालय, केन्द्रीय सचिवालय
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
अविरल वर्षा: देशका विभिन्न नदीमा जलसतह खतरास्तर नजिक
असोज १२, २०८१ शनिबार
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
असोज १२, २०८१ शनिबार
त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो
असोज १२, २०८१ शनिबार
कुलेखानी ड्याम भरिएपछि २ वटा ढोका खोलियो
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
आजको मौसम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा
असोज १२, २०८१ शनिबार