महोत्तरीमा नगर महोत्सवको लहर
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १७:१९:५४
१८ फागुन,महोत्तरी । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
बर्दिवासमा विसं २०७४ देखि बर्दिवास उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दै आएको छ । यद्यपि गत वर्ष २०७६ मा भने कोभिड–१९ महामारीका कारण महोत्सव हुनसकेको थिएन । हिउँदमा आयोजना हुँदै आएको बर्दिवास महोत्सव यसपालि यही फागुन २५ गतेदेखि चैत ८ गतेसम्म १३ दिन आयोजना गर्न लागिएको बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडाले जानकारी दिए ।
महोत्सवमा स्थानीय उद्यमलाई प्रोत्साहन दिने, कृषि उपज प्रदर्शनी तथा बिक्रीकक्ष सञ्चालन गरिने र स्थानीय सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्य रहेको सङ्घले जनाएको छ । महोत्सवमा रु ३५ लाख खर्च गरिने र एक लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने लक्ष्य रहेको महासचिव खतिवडाको भनाइ छ ।
यसैबीच बर्दिवाससँगै जोडिएको जिल्लाकै अर्को नगरपालिका गौशालाले पनि यस वर्षदेखि महोत्सवको थालनी गर्ने भएको छ । बर्दिवासको जस्तै व्यापार प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यसाथ यही आउने चैत ६ गतेदेखि १७ गतेसम्म ११ दिन सञ्चालन हुने प्रथम गौशाला महोत्सव गौशाला उद्योग वाणिज्य सङ्घले आयोजन गर्न लागेको हो ।
दुवै नगरमा आयोजना हुन लागेका महोत्सवको स्थानीय संरक्षकत्व सम्बन्धित नगरपालिकाले लिएका छन् । स्थानीय उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेका महोत्सवको पूर्ण सफलताका लागि सिङ्गो नगरपालिका नेतृत्व क्रियाशील हुने बर्दिवास र गौशाला नगरपालिकाका प्रमुखहरूको भनाइ छ ।
यता महोत्सवको आयोजना उद्देश्यका दृष्टिले ठिक भए पनि विगतका अनुभव सम्झँदा कृषि उपज प्रदर्शनी र बेचबिखन, स्थानीय उद्यम प्रवद्र्धन र सांस्कृतिक जगेर्नाको पक्षभन्दा नाचगानले प्रश्रय पाएको बर्दिवासका आम सर्वसाधारणको टिप्पणी छ । महोत्सवलाई नाचगानभन्दा किसानलाई प्रोत्साहन गर्ने र स्थानीय उद्यमको प्रवद्र्धनमा केन्द्रित हुन आवश्यक देखिएको बर्दिवास–२ का सामाजिक, राजनीतिक कार्यकर्ता उमेश आचार्य बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता हुन्छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार