पूर्वाञ्चल क्यान्सर अस्पताल उदघाटन गर्न ओली झापा पुगे
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १८:४४:३३
१८ फागुन, झापा । प्रधानमन्त्री केपी ओली क्यान्सर अस्पताल र विपन्न आवासगृह लगायत उद्घाटन गर्न आज झापा पुगेका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्वागत गरे।
प्रधानमन्त्री ओलीले बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’को उद्घाटन गर्ने छन् । बिर्तामोड नगरपालिका–७ मा निर्मित सो ग्राममा ३७ आवासगृह छन् । प्रधानमन्त्री ओलीले अपराह्न बिर्तामोडको ३०० शय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ । सो अस्पताल रु ६०० करोडको लगानीमा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेका हुन्।
बिर्तामोडको कार्यक्रमपछि उनी मोरङको उर्लाबारीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन । यस साता प्रधानमन्त्री ओलीको यो दोस्रो झापा भ्रमण हो । यही फागुन १६ गते उनी दमक केन्द्रित कार्यक्रममा सहभागी हुन झापा आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार