खानेपानी संस्थान उपमहानगरपालिकाको मातहतमा
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १८:५३:४३
१८ फागुन,धरान । धरानमा खानेपानी वितरण गर्दै आएको खानेपानी संस्थानको शाखालाई धरान उपमहानगरको खानेपानी व्यवस्थापन बोर्डमा गाभिएको छ । उपमहानगरपालिका तथा बोर्डले संस्थानको जिम्मा लिएको सार्वजनिक नगरिए पनि सोमबारदेखि मर्ज गरिएको बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार संस्थानको सम्पत्ति, दायित्वलाई बोर्डमा हस्तान्तरण गरिएको छ ।
गाभिएका विषयमा उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरेर नगरवासीलाई जानकारी गराउने तयारी भएको निर्देशक पोखरेलले जानकारी दिए । संस्थानका कुन कुन कर्मचारी बोर्डमा रहने र कोको संस्थामै फर्कने भन्ने कर्मचारीलाई रोज्न लगाइएको बताइएको छ । यसअघि ४३ कर्मचारी बोर्डमा रहन इच्छुक भएका थिए । सोही अनुसार नामको सूची बोर्डमा पठाइएको थियो । पछिल्लो समय संस्थान जिम्मा लिएर बोर्डमा मर्ज नगरेको भन्दै कार्यपालिका बैठक र गएको नगरसभाको उद्घाटनको दिन चर्र्को विरोध भएपछि सभा नै स्थगित भएको थियो ।
यसपछि नगरप्रमुखलाई संस्थानको सम्पत्ति तथा दायित्व छिटो जिम्मा लिन दबाबमा परेका थिए । जनप्रतिनिधिले आठौं नगरसभा रोक्ने गरी विरोधमा उत्रिएपछि फागुन २१ गतेभित्रै संस्थान जिम्मा लिएर मर्ज गर्ने र एकद्वार प्रणालीबाट पानी खुवाउने प्रतिबद्धता उनले जनाएअनुसार मर्ज गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार