कटाक्षे विद्युत्गृहको काम असार मसान्तसम्ममा सक्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १९:८:७
![](https://nepalbahas.prixacdn.net/media/albums/hydropower_FA3VK1awJo.jpg)
१८ फागुन,भजनी । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माणाधीन विद्युत्गृहको काम यही असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।
४ दशमलव ७३ मेगावाट क्षमताको विद्युत्गृह निर्माणको काम सुयू टुण्डी जेभीले गर्दै आएको छ । सन् २०१७ सालमा योजनाको काम सम्पन्न गर्नुपर्ने भए पनि गत वर्षदेखि मात्र विद्युत्गृह निर्माणको कामले तीव्रता पाएको थियो । आयोजनाले गत आर्थिक वर्षसम्म जसरी पनि सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना सङ्क्रमणका कारण निर्माणको काममा अवरोध हुँदा विद्युत्गृहको प्रवेशद्वारबाट वैशाखभित्रै पानी हाल्ने गरी काम अगाडि बढाइएको आयोजनाका सिनियर डी इन्जिनीयर विराट ज्ञवालीले बताए ।
इन्जिनीयर ज्ञवालीले पुरानो स्टिमेटअनुसार १४ हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाइका लागि आयोजनाले काम गरेको बताउँदै पछि १८ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएका कारण पनि काममा केही ढिलाइ भएको बताए । “टीकापुर क्षेत्रका काम अन्तिम चरणमा पुगेको छ । लम्की क्षेत्रमा भने धेरै काम गर्न अझै बाकी छ”, ज्ञवालीले भने, “मुआब्जा र जङ्गल कटानीको प्रक्रियामा धेरै समय लागेका कारण पनि ढिलाइ हुन पुगेको हो ।”
सुयू टुन्डी जेभीका इन्जिनीयर राज बस्नेतले विद्युत्गृहको ८५ प्रतिशत काम सम्पन्न भएको बताउँदै वैशाखसम्म विद्यृत्गृहका गेटबाट पानी सप्लाइ गर्ने गरी आयोजनाको काम अगाडि बढेको बताए । “आयोजना र हामीले संयुक्तरुपमा बसेर कामको योजना बनाउने गर्छौं र त्यही योजनाअनुसार हामीले काम गर्ने हो”, उनले भने, “असार मसान्तसम्म विद्युत्गृहको सम्पूर्ण काम सक्ने गरी काम गर्दै आएका छौँ । सम्भवतः असार मसान्तसम्म विद्युत् उत्पादन गर्न हामी सफल हुन्छौँ ।”
गत मङ्सिर ११ गते राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीलगायतका टोलीले आयोजनाको अनुगमन गरेको थियो । अनुगमनमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसूधन अधिकारी, प्रधानमन्त्री विकास व्यवस्थापनविज्ञ गजेन्द्रप्रसाद थपलियालगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रमुख केदार श्रेष्ठले वैशाखभित्र मूल नहरको औपचारिक उद्घाटन र असार मसान्तसम्म विद्यृत्गृहको उद्घाटन गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न
फागुन १, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार