फोहोर व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन अदालतको आदेश

नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १९:१६:२४

१८ फागुन,झापा । उच्च अदालत विराटनगर, इलाम इजलासले प्रदेश नं १, उद्योग, पर्यटन तथा वन मन्त्रालय तथा झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकालाई १५ दिनभित्र फोहोरमैला व्यवस्थापनसम्बन्धी जवाफसहित हाजिर हुन आदेश गरेको छ ।
मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाले जथाभावी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीनवटा स्थानीय तहलाई विपक्षी बनाई परमादेश आदेशको मागसहित सोमबार इलाम इजलासमा रिट दर्ता गरेको थियो ।
उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद कोइरालाले रिट सम्बन्धमा सोमबार पहिलो सुनुवाइ गर्दै विपक्षीहरुका नाममा परमादेश किन जारी नगर्नु पर्ने हो त्यसको जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेको निवेदकका पक्षबाट बहस गरेकी अधिवक्ता हेमकला कट्टेलले बताइन् ।
नेपालको संविधानको धारा–३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने उल्लेख भएको जनाउँदै रिट निवेदक प्रसाइले नगरपालिकाहरुले राजमार्ग किनारमा फोहोर फ्याँक्ने र डढाउने गरेको, नदी किनारमा फोहोर विसर्जन गरेको, आगो लगाएर फोहोर डढाउने कार्य गरी वातावरणमा विषाक्त प्रदूषण फैल्याउने गरेको र ल्यान्डफिल्ड साइटको व्यवस्था नगरेको आरोप लगाएका छन् ।
अधिवक्ता कट्टेलका अनुसार निवेदकले मन्त्रालय र नगरपालिकाहरुलाई ल्यान्डफिल्ड साइटको व्यवस्था गर्न लगाउन, कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै गाडीबाट सङ्कलन गराउन, राजमार्ग किनार र नदीहरुमा फोहोर विसर्जन नगर्न र डढाउने कार्य रोक्न, नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको प्रत्याभूति गर्न परमादेश आदेश जारी गरिनुपर्ने माग गरेको छ ।
रिट निवेदकका तर्फबाट अधिवक्ता हेमकला कट्टेल र अधिवक्ता पदमबहादुर श्रेष्ठले बहस पैरवी गरेका थिए । वातावरणसम्बन्धी स्वच्छता कायम राख्ने विषय शीघ्र किनारा लाग्नुपर्ने देखिएको हुँदा यो मुद्दालाई अग्राधिकार दिनेसमेत अदालतबाट आदेश भएको कट्टेलले बताए ।
झापाका नगरपालिकाहरुले फोहोरमैला व्यवस्थापनमा गरिरहेको लापरवाही रोक्न माग गर्दै मेचीनगर–७ का होमप्रसाद प्रसाईं र भद्रपुर–९ का कमलप्रसाद राजवंशीले मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकामा ज्ञापनपत्र पेश गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार