कांग्रेसलाई प्रधानमन्त्री दिएर अघि बढ्ने नेपालकाे संकेत
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २०:२८:५५
१८ फागुन, मोरङ । नेकपाका दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसलाई प्रधानमन्त्री दिएर अघि बढ्न सक्ने संकेत गरेका छन् । सोमबार प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले नेपालका प्रमुख तीन पार्टी नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीबीच बसेर छलफल गरेर अघि बढ्ने वताए । ‘
जनता समाजवादी पार्टीले के निर्णय गर्छ हेरौं,’ उनले भने, ‘त्यसपछि कांग्रेस र हामी बसेर छलफल गरेर सहमती गछौं ।’ नेता नेपालले कांग्रेसलाई कि तपाईहरु अविश्वासको प्रस्ताव दर्ता गराउनु होस् सँगै जाउ कि हामी दर्ता गछौं सँगै जाउ भनेर भनि सकेको बताए । यो देशकै प्रधानमन्त्री असुरक्षीत हुनु भनेको खतराको कुरा भएको उनको भनाइ छ । ओलीले सोमबार पोखरामा भएको सभालाई सम्बोधन गर्दै आफूमाथि सुरक्षा थ्रेट भएको बताएका थिए ।
सदनमा दर्ता भएको अविश्वासको प्रस्ताव के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता नेपालले भने, ‘अस्ती दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा हामीले भन्ने कुरा भएन । त्यो हामीले संसद सचिवालयमा दर्ता गरी सकेका छौ । सर्वोच्च अदालतको फैसला आएको छ ।
त्यो फैसलाले त्यस अघिका सबै कुरा शून्य हुने हो भने त्यसको अर्थ नरहला त्यसबारेमा आधिकारी कुरा भन्न सक्ने अवस्था भएन् । त्यो संसद भित्रको कुरा हो त्यो संसद सचितवालयले नै मिलाउने कुरा भयो ।’ नेता नेपाल स्व.भारतमोहन अधिकारीको दोस्रो स्मृति सभामा सहभागि हुन विराटनगर पुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार