सत्तारुढ दलको सत्ताको झगडाले देश संकटग्रस्त : राप्रपा
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २१:५०:११
१८ फागुन, पाँचथर । संसद पूनःस्थापनाका बाबजुद देशमा अन्योल र अस्थीरता निरन्तर रहेको समय राष्ट्रवादी शक्तिहरु प्रभावकारी रुपमा अघि बढ्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले बताएका छन् ।
‘राष्ट्रलाई एक ढिक्का राख्ने आधार नागरिकस्तरमा कायम रहेको राष्ट्रवादी भावना नै हो । सत्तारुढ दलको सत्ताको झगडा र प्रमुख प्रतिपक्षी दलको भूमिकाविहीन अवस्थाबाट देशको राजनीति तरल छ, देश संकटग्रस्त छ । यसर्थ राष्ट्रियता, प्रजातन्त्र र जनहितको पक्षमा राष्ट्रवादीहरु प्रभावकारी भूमिकामा आउन आवश्यक भएको छ,’ राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले भने ।
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) का जिल्ला उपाध्यक्ष रघुनन्दन तुम्बापोको स्मृतिमा मंगलबार आयोजित श्रद्धान्जली सभामा वक्ताहरुले स्वर्गीय तुम्बापोको सुकिर्ति र इमान्दार चरित्रको संस्मरण गरे ।
राप्रपा पाँचथरका जिल्ला अध्यक्ष राजकुमार जोशीले भने, ‘राष्ट्रियतामाथि चौतर्फि प्रश्न उठीरहेको बेला रघुनन्दन तुम्बापो जस्तो सत्चरित्रका नागरिकको अभाव खट्किरहेको छ । उनको देन पार्टी र सिंगो समाजलाई उदाहरण बनीरहने छ ।’
श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अप्रा उपरथी होम कुमार लावतीले भने, रघुनन्दन तुम्बापो एक कर्मठ, निष्ठावान राप्रपाका कार्यकर्ता थिए । उनलाई गुमाउँदा सम्पूर्ण समाज र पार्टीलाई नै अपूरणीय क्षति भएको छ ।
मन्तव्य कै क्रममा जिल्ला उपाध्यक्ष कमल चेम्जोङले राष्ट्र निर्माणमा युवाहरुको सिर्जनशील भूमिकाको कदर गर्नु पर्नेमा जोड दिए । जिल्ला सदस्य गोपाल राईले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरे ।
युवक संगठनका जिल्ला अध्यक्ष भूपेन्द्र कार्कीले रघुनन्दनसँग सहकार्य गरेको दिनहरु संस्मरण गर्दै उनले अधुरो छाडेको लक्ष्य प्राप्ति गर्ने प्रण गरे । संगठनका जिल्ला सचिव संजिव जोशीले शोकलाई शक्तिमा रुपान्तरण गरेर राष्ट्रवादी आन्दोलनलाई सही लक्ष्यमा पुर्याउने विचार राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार