अहिले चोचोमोचो मिलाएर कांग्रेस सरकारमा जानु हुँदैन : नेता पौडेल
नेपालबहस संवाददाता
फागुन १८, २०७७ बुधबार ३:७:४०
१८ फागुन , भक्तपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले विगतमा राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेकाले अहिले फेरि राष्ट्रपति पदको लोभमा मुछिएकामा आपत्ति जनाएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिका पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औँ जन्मजयन्तीको अवसरमा विश्वनाथ मिश्र स्मृति प्रतिष्ठान, सिरुटारले आज यहाँ आयोजना गरेको सम्मान एवं रक्तदान कार्यक्रममा उनले यस्तो आफूमाथि गलत प्रचार गर्न थालिएको भन्दै आपत्ति जनाए।
“देशमा पहिलो राष्ट्रपति चुन्ने बेलामा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्थितिले राष्ट्रपति बन्न नदिएपछि तपाईं राष्ट्रपति हुनुस् भनेर मलाई प्रस्ताव आएको थियो”, पूर्वउपप्रधानमन्त्री पौडेलले भने, “त्यतिबेला पनि मैले गिरिजाबाबु मैले अझै पनि लोकतन्त्रको लागि लड्नु छ, राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन भनेर आएको अवसरलाई त्यागेको थिएँ ।” आफूले लोकतन्त्रको मूल्य र मान्यतासँग कहिल्यै सम्झौता नगरेको बताउँदै पौडेलले आफूलाई प्रधानमन्त्रीको समेत प्रस्ताव आएको जनाऊ दिए ।
उनले भभने, “पहिलो संविधानसभा कायम रहेको अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलाई बालुवाटार बोलाएर डा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट राजीनामा गराउँछौँ, तपाई १० वा प्रदेश संरचनाको सिद्धान्त मान्ने घोषणा गरिदिनुस्, तपाई आजै प्रधानमन्त्री बन्नुस् भनेर प्रस्ताव गरेका थिए, मैले त्यो अवसरलाई त्यागेर प्रत्येक संविधान निर्माणका प्रत्येक बुँदाबुँदामा लडे ।”
राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेर देश र लोकतन्त्रको रक्षाको लागि लड्दै आएको व्यक्तिलाई अहिले राष्ट्रपतिको लोभमा फस्यो भन्दै गलत प्रचार गरिएको उनको भनाइ थियो । नेता पौडेलले अहिले कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा जान नहुने र कुनै पनि लोभमा फस्न नहुने बताए ।
“कांग्रेसले अहिलेको प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो, मौका आयो भन्दैमा अहिले नै सरकारमा गएर जादु गर्न सकिन्न, कुर्सी हत्याएको भोलिपल्ट अर्को चुनावमा कसरी लड्ने ? ”, उनले भने, “चोचोमोचो मिलाएर सरकारमा जानु हुँदैन, जानै परे कमजोर पक्षलाई समातेर जाने हो, सिधै सरकारमा जाँदा दुर्घटना हुन्छ, संसदीय प्रक्रियाबाटै जानुपर्छ ।”
केन्ददेखि प्रदेश सरकारसम्ममा कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने धारणा राख्दै उहाँले देशमा कायमै रहेको राजनीतिक अस्थिरताको अन्त्य आवश्यक रहेको बताए । देश र लोकतन्त्रमाथि आएको आएको सङ्कट टरेको छैन भन्दै उहाँले अझै पनि निरङ्कुशताविरुद्धको लडाइँ जारी नै रहेको बताए।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले दुईतिहाइको सरकारलाई फालेर गरेको प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले जोगाएको टिप्पणी गर्दै उनले कुनै पनि पदको लोभमा आफू देश र लोकतन्त्रको रक्षा गर्ने मैदानबाट भागेर खुम्चिएर नबस्ने भनाइ राखे । कांग्रेसमा अहिले कै नेतृत्वले पार्टी जोगाउन नसक्ने भन्दै नेता पौडेलले कांग्रेस पार्टीको उद्धार गर्ने पक्षमा आफू रहेको बताए । उनले भने, “पार्टीको उद्धार गर्ने बेला आएको छ, म यसको पक्षमा छु, पार्टी उद्धार गर्छु भनेर कोही सक्षम व्यक्ति आए म अझै त्याग गर्न तयार छु, तर देश र पार्टीलाई अलपत्र पारेर मैदानबाट भाग्दिनँ ।”
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, रमा पौडेल, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, नेता लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले प्रजातन्त्र सेनानी मिश्रले प्रजातन्त्र स्थापनामा पु¥याउनुभएको योगदानको चर्चा गरेका थिए । त्यसअवसरमा विसं २०३२ देखि २०७६ सालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, प्रशासनलगायत सार्वजनिक क्षेत्रका लागि जग्गा दान गर्ने १८ दातालाई सम्मान गरिएको कार्यक्रममा सभापति एवं प्रतिष्ठानका अध्यक्ष सुरज मिश्रले जानकारी दिनुभयो । कार्यक्रममा १५ ले रक्तदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार