पालबाट पक्की भवनमा सीमभन्ज्याङको प्रहरी चौकी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १८:४:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/Police-Office_8XPzI20EJR.jpg)
१९ फागुन,टिस्टुङ । विसं २०७२ को गोर्खा भूकम्पले भवन भत्काएपछि मकवानपुरको पर्यटकीय क्षेत्र सीमभन्ज्याङमा रहेको प्रहरी चौकी ‘टेन्ट’को ओत लाग्न बाध्य भयो । उसै त बाह्रैमहिना जाडो हुने दुई हजार ६०० मिटर उचाइको डाँडा, वर्षायाममा पानी चुहेर झनै बसिनसक्नु । आम समुदायको सुरक्षामा खटिनुपर्ने प्रहरी आफैँ असुरक्षित भएर पनि काममा खटिएकै थिए ।
यसरी नै सीमभन्ज्याङ प्रहरी चौकीका प्रहरीले पाँच वर्ष काटे । यस वर्षको जाडो यामले बिदा लिनै लाग्दा भने सीमभन्ज्याङ प्रहरी चौकीले नयाँ पक्की घर पाएको छ । सिमभञ्ज्याङ उत्तरी मकवानपुरको थाहा नगरपालिका–४ मा पर्छ । नेपालकै सबैभन्दा जेठो त्रिभुवन राजपथबाट थाहा नगरपालिका प्रवेश गर्ने दक्षिणी नाका यही हो ।
मुलकमा शान्ति प्रक्रिया शुरु भएपछि २०६४ सालमा सिमभन्ज्याङमा इलाका प्रहरी कार्यालय पालुङअन्तर्गत रहने गरी प्रहरी चौकी स्थापना गरिएको थियो । प्रहरी चौकी स्थापना भए पनि उपयुक्त भवनको अभाव हुँदा प्रहरी टोली ‘गुफाजस्तो’ सानो भवनमा बस्दै आएको थियो ।
त्यही भवन पनि भूकम्पले भत्काएपछि प्रहरी आफैं विपद् जोखिमका दृष्टिले असुरक्षित बन्दै आएको थियो । अहिले चार कोठे पक्की भवनमा बस्न पाउँदा सीमभन्ज्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गणेश थापा निकै खुशी छन् ।
यसरी बन्यो भवन
थाहा नगरपालिकास्थित इलाका प्रहरी कार्यालय पालुङले प्रहरी चौकी भवन पुनःनिर्माणको लागि माथिल्लो निकाय र थाहा नगरपालिकासँग आग्रह गरिरहेकै थियो । तर सम्भव भइरहेको थिएन । यही क्रममा बाग्मती प्रदेश सरकारले मर्मत–सम्भारको लागि रु तीन लाख उपलब्ध गराउन सक्ने भएपछि थाहा नगरपालिकाले थप रकम उपलब्ध गराउने आँट ग¥यो । नगरपालिकामा रु चार लाखभन्दा बढी रकम नभएपछि जम्मा रु सात लाखले चार कोठाको पक्की भवन बन्ला कि नबन्ला भन्ने प्रश्न खडा भयो । यति लगानीमा चार कोठे भवन निर्माण गर्न कोही अघि सरेनन् ।
थाहा नगरपालिकामा इन्टरलक इँटा उत्पादन गरेर भूकम्पपीडितलाई सस्तो मूल्यमा उपलब्ध गराउँदै आउनु भएका स्थानीय युवा दीपक हमाललाई भने प्रहरी चौकी भवन निर्माण एउटा अवसर बन्यो । आफैँले उत्पादन गरेको इन्टरलक इटाको प्रयोग गरेर हमालले रु सात लाखमा शौचालयसहितको चार कोठे भवन बनाएर नगरपालिकालाई हस्तान्तरण गरे ।
हमालले रु तीन लाख ५० हजारमा भूकम्पपीडितको दुई कोठे भवन भवन निर्माण गर्दै आइरेका छन् । यही लागतमा अहिलेसम्म दुई सय बढी घर बनाइसकेका उनले रु सात लाखमा चार कोठाको घर बनाउनु चुनौतीको विषय थिएन । “इन्टरलक इँटाबाट सस्तोमा घर बनाउन सकिन्छ । सिमेन्ट थोरै लाग्ने, कामदार कम लाग्ने, रातो इँटाको तुलनामा सस्तो पर्ने र कम समयमा काम सकिने हुँदा साँढे तीन लाखमा जस्ताले छाएर दुई कोठाको भवन बनाउन सकिन्छ,” हमालले भने ।
सीमभन्ज्याङ प्रहरी चौकीको भवन थाहा नगरपालिकाले प्रहरीलाई हस्तान्तरण गरिसकेको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नवनिर्मित भवनको साङ्केतिक साँचो जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठोरलाई हस्तान्तरण गरेका थिए । नयाँ बनेको भवनमा विद्युत् जडान, रङ्गरोगन, झ्याल ढोकामा पर्दालगायत साजसज्जा गरेर हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
प्रहरीका लागि भवन बनाएर हस्तान्तरण गरेकामा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठोरले थाहा नगरपालिकाप्रति खुशी व्यक्त गरे । भवनको साङकेतिक साँचो जिल्ला प्रहरी कार्यालय प्रमुखको कार्यकक्षमा प्रदर्शनीका लागि राख्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
असार १०, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
असार ५, २०८१ बुधबार
दोलखा घर भएका अजितले आफैले बोकेको राइफलबाट निधारमा गोली हानेको प्रहरीको निष्कर्ष
असार ५, २०८१ बुधबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार