ओलीको सुरक्षा थ्रेटः– सेण्टिमेन्ट बटुल्ने मेलो कि ठूलै विध्वंस मच्चाउने संकेत ?
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २१:३७:४९
बेलाबेलामा बेतुकका कुरा गरेर चर्चामा आईरहने वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आएर स्वयं आफैं असुरक्षित भएको हंगामा फैलाएका छन् । प्रधानमन्त्रीको यस्तो हलुका अभिव्यक्तिले राज्यकोषको करोडौं रकम खर्चिएर रात दिन प्रधानमन्त्रीको सुरक्षा दिईरहेका सुरक्षाकर्मीहरुको मनोबल घटाएको मात्र छैन रक्षा मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीले सिंगो नेपाली सेनाको समेत मानमर्दन गरिदिएका छन् ।
बिगतमा बालुवाटारको चौघेरा भन्दा बाहिर निस्कनै नमान्ने प्रधानमन्त्री आफुलाई सुरक्षा थ्रेट भएको महशुस भएका बेला चाँहि किन पूर्व र पश्चिम भौतारिरहेका छन् ? भनेर आम नागरिकमा मात्र हैन स्वयं नेकपा भित्र पनि चर्चा हुने गरेको पाईन्छ ।
अहिले सुरक्षाकर्मीको अनुमति र ओलीको स्विकृति बेगर प्रधानमन्त्रीका छेउमा जान उनकै सरकारका मन्त्री मात्र हैन पार्टी कार्यकर्ता र शुभचिन्तक समेत कोहि पनि मानिसले पाउने सम्भावना छैन । चौबिसै घण्टा सुरक्षा घेरा भित्र रहेर जनतालाई आतंकित पार्ने प्रधानमन्त्रीका यस्ता बेतुकका अभिव्यक्तिले स्वयं आफ्नै कद होच्याईरहेका छन् ।
प्रधानमन्त्री बिगतमा भन्दा अहिले असुरक्षित भएको अभिव्यक्तिले स्वयं ओलीलाई मात्र हैन, सिंगो सुरक्षा निकाय, रक्षा र गुह मन्त्रालय अनि निर्मला पन्त र भागरथी भट्टहरुलाई गिज्याई रहेको छ । तिम्रै साईबर सेनाबाट सधैं असुरक्षित भएका नागरिकहरुको नाङ्गो नाँच छोप्नका लागि बेमौसमी बाजा बजाएको भए प्रधानमन्त्री जस्तो ओहदामा रहेको व्यक्तिलाई मेरो भन्नु केहि छैन ।
नागरिकहरुले भन्न थालेका छन् यदि तपाई सक्नुहुन्छ भने महिला दिदीबहिनीहरुलाई सुरक्षा दिने कार्यमा लाग्नुस्, कसरी सुरक्षित राख्न सकिन्छ भनेर सुरक्षित वातावरण निर्माण गर्न तर्फ अग्रसर बन्नुस् । जनता आक्रान्त बनि सकेका छन् । जनता सिटामोलसम्म खान नपाएर प्याकप्याकी भैरहेको बेला, पिउने पानी नपाएर आफु जन्मि हुर्की बढेको थाकथलानै छोडेर बसाई हिंडिरहनुको परेको बेला समेत तिनै तीन करोड नेपालीले सकिनसकी तिरिदिएको करले तिमिलाई करोडौं रुपैया खर्च गरेर बचाई रहेका छन् फरि तिमी आफैं आफु असुरक्षित भए भनेर के को रोईलो गर्न खोजेको हो ? जनतालाई स्पष्ट रुपमा भन्न सक्नु पर्दछ । हैन आफु अर्कै भयंकर गलत कामको डिजाईनमा लागेर जनताको आँखा छल्न यस्तो सांकेतिक अभिब्यक्ति दिईएको हो भने जनताले अब त्यस्ता क्रियाकलाप गर्न दिने छैनन् । यो पनि प्रधानमन्त्री ओलीले बुझ्न जरुरी छ । आफ्नो निहित ब्यक्तिगत स्वार्थपूर्तिका लागि देशलाई भड्खालोमा पार्न भने अब नेपाली जनताले दिने छैनन्, दिदैनन् यो कुरा स्वयं दुई–दुई पटक प्रधानमन्त्री भैसकेको ब्यक्तिले बुझेको हुनुपर्दछ ।
भुटेको मकैं र आटाको रोटीमा ज्यान जोगाएर बसेका छन् । तिम्रा मन्त्रीहरु र अरिङ्गाले कार्यकर्ताहरु भने जहिले पनि तिनै गरीव जनताका नाममा आउन राहतमा भ्रष्टाचार गर्न दाउ हेरेर बसेका छन् । हुन त भ्रष्टाचारीहरुको जमातले वरिपरीबाट घेरिएर बसेका हाम्रा प्रधानमन्त्रीलाई सुरक्षा निकायसँग पनि त्यति भर चाँहि छैन । हिजो मदन भण्डारीको हत्यामा संलग्नलाई मैले चिनेको छु, सरकारमा पुग्ने बित्तिकै सार्वजनिक गर्छु भनेर मञ्च भाँचिने गरी भाषण गर्ने यिनै खड्ग प्रसाद शर्मा ओली अहिले आफु आफै असुरक्षित भएँ भनेर सेण्टिमेण्ट बटुल्न अनि प्रचण्ड–नेपाल तर्फ जान लागेका पार्टीका नेता तथा कार्यकर्ताहरुको पहिरो रोक्न फालिएको पासा समेत उत्तानोचित हुने निश्चितप्रायः देखिएको छ ।
सुरक्षा दस्ता अघिपछि लगाएर पिर्के र बटुके सलामी थाप्दै हिडेका प्रधानमन्त्रीका यस्ता दशपैसे वक्यब्यबाजीले फरि देशलाई हिंसा र बिध्वङ्सको राजनीति तर्फ डोर्याउन खोजेको देखिदैछ । स्वयं प्रधानमन्त्रीलाई सुरक्षा दिन नसक्ने सुरक्षा निकायमाथि अब नागरिकले कस्तो सुरक्षाको आशा राख्ने ? अब नागरिकले कस्को भरोषामा बाँच्ने ? सरकार सुरक्षा चाहियो भनेर अब कहाँ गएर हारगुहार माग्ने ? यस्ता अनगिन्ती अनुत्तरित प्रश्नहरु यसै गर्भमा जन्मदै र मर्दै जान शिवाय अब यो हुतिहारा मरन्च्यासे, रुञ्चे सरकारबाट अरु कुनै आशाादी हुने ठाउँ समेत रहेन । नत्र सिंगो देशको बागडोर सम्हालेर बसेको, जसको हातमा देशको सम्पूर्ण शक्ति, सामथ्र्य, सुरक्षा निकाय लगायतको आहाल छ त्यहि ठाउँ पनि सुरक्षित नभए पछि कठैबरी यो देशका सर्वसाधारण नागरिकहरु कसरी सुरक्षित साथ रहेका होलान ?? शान्ती र अमन चयन कसरी अनुभूति गरिरहेका होलान ? स्वयं प्रधानमन्त्रीले आफै मुल्यांकन गर्दा ठिक होला ?
हिजो सिंगो देशमाथि विदेशीको नाङ्गो हमला हुँदा समेत तिमिलाई मस्तसँग निन्द्रा लाग्थ्यो तर आज आफुलाई कहि कतै कसैले बनावटी सुरक्षा थ्रेटको संभावना देखाई दिंदा समेत तिम्रा नौनारी गलेका देख्दा टिठ लाग्छ । केहि जानकारहरुले अब ओली आफु अस्वस्थ्य भएको बहानाबाजी गरेर कित अस्पताल भर्ना हुन्छन् कित बेडरेष्टमा बसेर संसद बैठकमै नजाने रणनीतिमा लागेका छन् भनेर बताई रहदा आफ्नाे सुरक्षा थ्रेट देखाएर स्वयं आफैले जनताको त्यो आशंकालाई पूर्णता दिईरहेका छन् । हिजो जति ढाटनु थियो ढाट्यौ, लुटनु थियो लुट्यौं, कुटनु थियो कुट्यौं अब तिम्रा बहुलट्ठिपनका बिचारमा कोहि पनि नागरिक पछि लागेर जाने संभावना छैन । अब राजनीतिको बहश बालुवाटारमा हैन सदनमा हुनेछ । सदनको बैठकमा जसरी पनि जानु पर्छ । जनताको आस्थाको धरोहरको रुपमा रहेको संसद, संसदभित्र रहेका जनताका बहुमुल्य प्रतिनिधिहरुको भावना र चाहना अनुरुप अब प्रधानमन्त्री चल्नु पर्छ ।
हुन त केपी शर्मा ओली यति धुर्त र स्यालबुद्धिका मान्छे हुन, यिनले कुनै दिन आफ्नै सुण्डमुण्डहरुलाई भेला पारेर हमला गरे जस्तो गर्न लगाई मलाई मार्न प्रचण्ड–माधव समूहका हतियारधारी समूहले आक्रमण गरे भनेर नेपाली जनतालाई गाईजात्रा देखाउन पनि बेर छैन । अथवा यसले नेपाली सुरक्षाको बिषयमा अर्कै भयानक षडयन्त्रको छनक पनि दिन खोजेको त छैन ? भनेर आशंका पनि जन्माएको छ ।
भोलीको राजनैतिक करियर मात्रै जोगाईराख्ने हो भने पनि प्रधानमन्त्रीले संसद बैठक शुरु हुने बित्तिकै नैतिकताका आधारमा राजिनामा दिनु पर्छ । प्रकृयामा जान्छु र केहि समयसम्म प्रधानमन्त्रीको कुर्सीको आयु लम्ब्याउछु भन्ने चाहना प्रधानमन्त्रीको हो भने हिजो सदनको बैठकमा जान नसक्दा मनमोहनले कसरी अस्पतालको बेडबाटै राजिनामा दिनुपरेको थियो त्यो पनि प्रधानमन्त्रीलाई याद रहेकै हुनुपर्छ ।
मलाई ज्यानको खतरा छ भन्ने त थुप्रै नेताहरु थिए तर पुरै सुरक्षा संयन्त्रले नै घेरा हालेर बसेका देशका प्रधानमन्त्री नै म असुरक्षित भएँ, मलाई मानवीय आक्रमण हुन सक्छ भन्ने जस्ता गैरजिम्मेबार, पातला र छिद्र परेका कुरा गराईले हाम्रो देशको सुरक्षा निकायको कार्यसम्पादनलाई गिज्याईरहेको छ ।
अहिले पनि दुर दराजमा रहेका नेपाली नागरिकहरु विकास आउने बाटो कुरेर बसेका छन् । भुटेको मकैं र आटाको रोटीमा ज्यान जोगाएर बसेका छन् । तिम्रा मन्त्रीहरु र अरिङ्गाले कार्यकर्ताहरु भने जहिले पनि तिनै गरीव जनताका नाममा आउन राहतमा भ्रष्टाचार गर्न दाउ हेरेर बसेका छन् । हुन त भ्रष्टाचारीहरुको जमातले वरिपरीबाट घेरिएर बसेका हाम्रा प्रधानमन्त्रीलाई सुरक्षा निकायसँग पनि त्यति भर चाँहि छैन । हिजो मदन भण्डारीको हत्यामा संलग्नलाई मैले चिनेको छु, सरकारमा पुग्ने बित्तिकै सार्वजनिक गर्छु भनेर मञ्च भाँचिने गरी भाषण गर्ने यिनै खड्ग प्रसाद शर्मा ओली अहिले आफु आफै असुरक्षित भएँ भनेर सेण्टिमेन्ट बटुल्न अनि प्रचण्ड–नेपाल तर्फ जान लागेका पार्टीका नेता तथा कार्यकर्ताहरुको पहिरो रोक्न फालिएको पासा समेत उत्तानोचित हुने निश्चितप्रायः देखिएको छ ।
हुन त केपी शर्मा ओली यति धुर्त र स्यालबुद्धिका मान्छे हुन, यिनले कुनै दिन आफ्नै सुण्डमुण्डहरुलाई भेला पारेर हमला गरे जस्तो गर्न लगाई मलाई मार्न प्रचण्ड–माधव समूहका हतियारधारी समूहले आक्रमण गरे भनेर नेपाली जनतालाई गाईजात्रा देखाउन पनि बेर छैन । अथवा यसले नेपाली सुरक्षाको बिषयमा अर्कै भयानक षडयन्त्रको छनक पनि दिन खोजेको त छैन ? भनेर आशंका पनि जन्माएको छ । आफु असुरक्षित भएको बहाना बनाएर आफ्ना प्रतिद्वन्दिहरुलाई नै सफाया पार्ने योजनामा त छैनन् ओली ?? के प्रधानमन्त्रीको यो अभिव्यक्ति राजदरबार हत्याकाण्डसँग मिल्ने खालको त छैन ?? मदन-आश्रितसँग हत्या काण्डको पूर्व झल्को झै त देखिदैन ?? अब सबैले खबरदारी गर्ने बेला आएको छ ।
भडकिएका नेता तथा कार्यकर्ताहरुको मन बहलाउन अथवा निकट भविष्यमै निर्वाचन आयोगले लिन सक्ने निर्णय पचाउन नसक्ने अवस्था आउने छनक बुझेपछि कार्यकर्ता टिकाउने अभियानको अर्को श्रृङ्खला मात्रै हुनसक्छ प्रधानमन्त्रीको सुरक्षा थ्रेट । नत्र प्रधानमन्त्री आफै, राष्ट्रपति आप्mनै दलको मान्छे, गृहमन्त्री आफ्नै वरिपरिको मान्छे, प्रधान सेनापति आफैले रोजेर बनाएको मान्छे, देशको सम्पूर्ण श्रोत, साधान र शक्ति आफनै हातमा भएको बेला ज्यानको खतरा कसरी हुन्छ प्रधानमन्त्री ज्यू ??
भोलि कथैकथाचित शेरबहादुर देउवा, प्रचण्ड, माधव, झलनाथ, बाबुराम या अरु कसैलाई केहि भैहाल्यो भने प्रधानमन्त्रीको अहिलेको सांकेतिक अस्त्रले काम गरेको देखिन सक्छ । त्यसैले अहिले नेपाली राजनीतिका शिर्ष नेतृत्वहरु अत्यन्तै चनाखो भएर बस्न आवश्यक छ । केहि दिन अघिमात्र प्रधानमन्त्री ओलीले एउटा समाचार माध्यममा अन्तर्वाता दिने क्रममा आफुसँग चार विकल्प रहेको बताएकोमा उनको चार विकल्प मध्येको एक विकल्प आम नागरिकमा देखिएको आशंका त हैन ?? भनेर अहिले आँकलन गर्न खोजिदैंछ ।
सधैं गफ र ब्यकमेलबाट देश चलाउन पल्केकाहरुका लागि यसपटक असंबैधानिक कुकर्मको फल सर्बोच्च अदालतको फैसलाले उत्तानो पारिदिए पछि बहकिएका र भडकिएका नेता तथा कार्यकर्ताहरुको मन बहलाउन अथवा निकट भविष्यमै निर्वाचन आयोगले लिन सक्ने निर्णय पचाउन नसक्ने अवस्था आउने छनक बुझेपछि कार्यकर्ता टिकाउने अभियानको अर्को श्रृङ्खला मात्रै हुनसक्छ प्रधानमन्त्रीको सुरक्षा थ्रेट । नत्र प्रधानमन्त्री आफै, राष्ट्रपति आफ्नै दलको मान्छे, गृहमन्त्री आफ्नै वरिपरिको मान्छे, प्रधान सेनापति आफैले रोजेर बनाएको मान्छे, देशको सम्पूर्ण श्रोत, साधान र शक्ति आफनै हातमा भएको बेला ज्यानको खतरा कसरी हुन्छ प्रधानमन्त्री ज्यू ??
२३ गते भित्रमा कहि कतै मिलिभगतमा आफ्नै कार्यकर्ताद्धारा ठेलमठेल गर्न लगाएर आफ्नो बहादुरी प्रस्तुत गर्ने जिम्मा पनि प्रधानमन्त्री स्वयंलाई नेपाली जनताले सुम्पिदिएका छन् । अब यत्ति जात्रा गर्न बाँकी छ त्यो पनि आफ्नै कार्यकालमा पुरा गराउनुस् प्रधानमन्त्री ज्यू । २३ फाल्गुण पछिको नेपाली राजनीतिको फरक बाटोमा तिमी लगायत तिम्रो अगुवा पछुवाहरुलाई विस्तारै पाखा लगाउँदै लैजानेछ । तर अब देश चलाउँछु भन्नेहरुले यो बुभ्mन जरुरी छ कि देश गफले हैन असल सोच र असल कामले चल्छ । नागरिकहरुले बिर्सदै गएका देशका प्रधानमन्त्री केपी शमां ओलीको अहिलेको हिन्दी फिल्मको सुटिङ्गमा झै २० फिट अग्लो आफ्नै तस्बिर खिचाएर फ्लेक्सप्रिन्टमा झुण्ड्याएर राख्न लगाउनुले म हराएको छैन फोटोमा छु भन्न खोजिरहेको त छैन ? देश विकासको महान अभियानमा भन्दा कुर्सी जोगाउ अभियानमा लाग्ने शासकहरुको समयाबधि भनेकै सत्तामा रहुञ्जेल मात्रै हो भन्ने कुरा बुझ्न अब हामीलाई कुनै अप्ठ्यारो भने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताहरू समाजवादका सम्भावना जति सबै नष्ट गरिदिने बाटोमा लागेका हुन् ?
असार १, २०८१ शनिबार
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
जेठ ३१, २०८१ बिहिबार
शैलजा दिदीको सम्झनामा
जेठ २८, २०८१ सोमबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु, किसानलाई राहत
असार २, २०८१ आइतबार
अन्योलमा पर्यो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया
असार २, २०८१ आइतबार
दक्षिणी गाजा क्षेत्रमा ‘रणनीतिक विराम’ गर्ने इजरायली सेनाको घोषणा
असार २, २०८१ आइतबार
दोहा वार्तामा अफगानिस्तान सहभागी हुने
असार २, २०८१ आइतबार
रुसका दुई जेल कर्मचारी आइएस कैदीको बन्धकमा
असार २, २०८१ आइतबार
नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग
असार २, २०८१ आइतबार