पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २२:४:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/prabhu_sgwzN9DN8o.jpg)
१९ फागुन, काठमाडौं । झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ०६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लिमिटेडले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
हिजो दिसँसो (मिति २०७७ फाल्गुन १८ गते) अस्पताल परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका बीच एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका थिए ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विर्तामोड नगरपालिकाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट अस्पतालमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पु¥याउने बैंकले जनाएको छ ।
प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटिएम ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाछापुच्छ्रे् बैंकको मोबाइल बैंकिङ प्लेटफर्ममार्फत एनसेल रिर्चाज गर्न पाइने
असार ९, २०८१ आइतबार
आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
असार ७, २०८१ शुक्रबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
बलिउड अभिनेत्री अमिषा पटेल भन्छिन्- विवाह गर्न केटा पाएको छैन !
असार ११, २०८१ मंगलबार
देशभर फैलियो मनसुन, आवश्यक सतर्कता अपनाउन आग्रह
असार १०, २०८१ सोमबार
जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
असार ११, २०८१ मंगलबार
झापामा चट्याङ लागेर दुई जनाको मृत्यु
असार ११, २०८१ मंगलबार
सुनको मूल्य स्थिर रहँदा घट्यो चाँदी, कतिमा हुँदै छ कारोबार ?
असार ११, २०८१ मंगलबार
नदी कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट ’प्रविधिको पर्खाल
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
इजरायलले माग्यो दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने ८ सय नेपाली कामदार, आवेदन खुल्ला
असार ११, २०८१ मंगलबार