आज नेकपा नाम विवादको फैसला सुनाइने
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १३:३६:४९
२० फागुन, काठमाडौं । आज नेकपा नाम विवादको फैसला सुनाइने भएकाे छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा बिहीबार फैसला सुनाउने भएको हाे । गत बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाइ सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको हो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गरेका थिए । आफ्नो पार्टीको नामसँग मिल्ने गरी केही संकेतमात्रै थपेर दल दर्ता गरिएको भन्दै कट्टेलले त्यसअघि निर्वाचन आयोगमा पनि उजुरी दिएका थिए । तर आयोगले कात्तिक ९ गते सत्तारुढ नेकपाकै पक्षमा निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध कट्टेल सर्वोच्च अदालतमा पुगेका हुन् ।
तर, बिहीबार तोकिएको पेशी लगभग निसु नहुने निश्चित भएको छ। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकाले अदालत विदा गरिएको छ। सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाएको छ। उक्त बैठकअघि फैसला आउने आस गरिएको थियो। तर, बिहीबार विदा भएकाले यो सम्भावना न्यून देखिएको छ। सार्वजनिक विदाको भोलिपल्टै पेशी राखिएमा भने प्रतिनिधि सभा बैठक अघि फैसला आउने सम्भावना रहन्छ। तर, एक साता भन्दा पछि सरेमा भने यो फैसला प्रतिनिधि सभाको बैठकभन्दा पछि जाने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार