मैथिलानी समूहको संस्था सखी बहिनपा दर्ता
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १६:१२:३८
२० फागुन,जनकपुरधाम । मैथिली भाषा, साहित्य, संस्कार, संस्कृति, उद्यमको विकास र धरोहरको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले सखी बहिनपा मैथिलानी समूह नामक संस्था दर्ता भएको छ । विगत पाँच वर्षदेखि सामाजिक सञ्जालमार्फत सञ्चालित सो संस्था जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गरिएको छ ।
संस्थाका संस्थापिका आरती झाका अनुसार संस्थासँग सामाजिक सञ्जालमा विश्वभर २२ हजार मैथिलानी आबद्ध छन् । सो संस्थाले नारीलाई ९मैथिलानी० उद्यमशील, स्वावलम्बन, आत्मनिर्भरतातर्फ उत्प्रेरित गरी उद्यमप्रति जागरण एवं व्यवस्थापन गरी आर्थिक र सामाजिक विकास, विभिन्न समुदायको सांस्कृतिक अवस्थाबारे अध्ययन, शोध र दस्तावेजीकरण, प्राथमिक कक्षादेखि नै मैथिली भाषाको पठनपाठनका लागि वातारण सिर्जना, परम्परागत कला, भाषा, संस्कार, लिपि, सभ्यतालाई जीवन्तता दिन रक्षामूलक कार्य र समस्याको निराकरण गर्न पहल गर्ने जनाइएको छ ।
नारीको शिल्पगत सामग्रीको प्रवद्र्धन, स्वरोजगारका माध्यमले जीविकोपार्जनको अवसर, परम्परागत संस्कारजन्य र आहारका सामग्रीको बजारीकरणका लागि व्यवस्थापन, सामाजिक कुरीति निवारणमूलक अभियान सञ्चालन गर्ने सो संस्थाको योजना रहेको छ । संस्थाले नारीको आत्मनिर्भरताका लागि आर्थिक, सामाजिक, शैक्षिक विकासमूलक कार्य, भाषाको प्रचारप्रसार, भाषाको उन्नयनका लागि प्रचारप्रसार, सांस्कृतिक महोत्सव, प्रशिक्षण, सङ्गोष्ठी गर्ने उद्देश्य राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार