ताप्लेजुङमा मेयर र अध्यक्ष कप भलिबल प्रतियोगिता
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १७:५२:३४
२० फागुन,फुङ्लिङ । फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।
यही फागुन २४ देखि २७ सम्म प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने सिरिजङ्घाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । गाउँपालिकाका आठ वडामा आठ खेलाडीले सहभागी बन्न पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ५० हजारका साथ रनिङ कप, दोस्रो हुनेलाई रु ३० हजार, तेस्रो हुने टोलीलाई रु २० हजार र सान्त्वना पुरस्कारवापत रु १० हजार प्रदान गर्ने उनले बताए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु पाँच हजार, उदयीमान खेलाडीलाई रु तीन हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु एक हजारले पुरस्कृत प्रदान गर्ने पालिकाले जनाएको छ । वडास्तरमा गरिने खेलाडी छनोटमा आवश्यक व्यवस्थापन गर्न प्रतिवडामा रु २५ हजारका दरले रकम उपलब्ध गराइने जनाइएको छ ।
यही १३ देखि १५ चैतसम्म फुङ्लिङमा मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । फुङ्लिङ उपप्रमुखले बमबहादुर भट्टराईले प्रतियोगिताका विजेताले रु दुई लाख २१ हजार १०० का साथ रनिङ कप पाउने जानकारी दिए । उपविजेता टोलीले रु एक लाख ११ हजार १०० का साथ कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही रु ३३ हजारसहित कप प्रदान गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार