भरतमोहन अधिकारी स्मृति सभाबाट १२५ जना जेष्ठ नागरिक सम्मानित
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १८:२३:५८
२० फागुन, विराटनगर । भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको आयोजना तथा बिष्णु माया पुस्तकालय, विराटनगरको सह आयोजनामा फाल्गुण १८ गते विराटनगर स्थित पोखरियामा सम्पन्न भरतमोहन अधिकारी स्मृति सभा माझ १२५ जना जेष्ठ नागरिकहरु सम्मानित भएका छन् ।
फाउण्डेसनका संरक्षक समेत रहेका नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका हुन । सम्मानित हुनेहरुमा पुर्व उपप्रधान एवम् अर्थमन्त्री स्वर्गिय भरतमोहन अधिकारीका युवावय अवस्था देखीका समकालिन, कम्युनिस्ट आन्दोलनका सहयोद्धा अग्रज लगायत १२५ जना जेष्ठ नागरिक छन् । सम्मानित हुनेहरुमा ७० बर्ष देखी १०७ बर्षसम्म जेष्ठ नागरिकहरु छन् ।
जेष्ठ नागरिक सम्मान कार्यक्रम पस्चात उक्त स्मृति सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष माधव कुमार नेपालले भरतमोहन अधिकारी विवेकशिल, सरल, अध्ययनशिल र बौद्धिक नेता भएको स्मरण गर्दै जेष्ठ नागरिक र सामाजिक क्षेत्रमा स्व। अधिकारीले पुर्याएको योगदान गर्व गर्न लायकको रहेको बताए ।
त्यसैगरि, स्मृतिसभा माझ सभापतिको आसनबाट बोल्दै फाउण्डेसनका उपाध्यक्ष सोम प्रसाद पाण्डेले नेपालमा जेष्ठ नागरिकहरुको हक अधिकारलाई स्थापित गर्न स्व। नेता भरतमोहन अधिकारीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नेताका रुपमा स्व। अधिकारीबाट दुरदर्शीता प्रस्तुत भएको र समाजको स्वरुपलाई बदल्ने सामर्थ्य बोकेका अग्रज क्रान्तिकारी नेताको रुपमा स्व। भरतमोहनलाई आफुले स्मरण गर्ने बताए ।
त्यसैगरि, फाउण्डेसनकी संस्थापक एवम् स्व. नेता अधिकारीकी सुपुत्री लिमा अधिकारीले स्व. पिता भरतमोहन अधिकारीलाई स्मरण गर्दै उनी उच्च सामाजिक चेतनाले ओतप्रोत व्यक्तित्व भएको उल्लेख गरिन । साथै, उनले स्व. अधिकारीले जेष्ठ नागरिक प्रति अभियानका रुपमा थालनी गरेका कार्य र सोचलाई सार्थक पार्दै अघि बढन फाउण्डेसनले आगामी दिनमा थप कार्यक्रमहरु पस्कदै जाने बताइन् ।
कार्यक्रम माझ अधिकारीका अग्रज कम्युनिस्ट सारथी लगायत नेता कार्यकर्ताहरुले स्व. अधिकारीको योगदान बारे चर्चा गरेका थिए । उक्त स्मृति सभामा नेकपाका प्रभावशाली नेताहरु भिम आचार्य, घनेन्द्र बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
स्वर्गिय भरतमोहन अधिकारी स्मृति फाउण्डेसन पुर्व उप प्रधानमन्त्री स्व. भरतमोहन अधिकारीको स्मृतिमा स्थापित संस्था हो । स्वर्गिय नेता अधिकारीको धर्मपत्नी सबिता अधिकारी उक्त फाउण्डेसनको अध्यक्ष छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार