खोलाको पानी पिउन बाध्य धारापानीवासी

नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १८:३३:३८

२० फागुन,कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ धारापानीलाई थातथलो बनाएका बालाराम गौतम खानेपानीका रूपमा खोलाको पानी प्रयोग गर्दै आएका छन् । झण्डै पाँच दशकअघिदेखि पुख्र्यौली घर सुर्खेतबाट बसाइँ सारेर उनी स्थानमा आएका हुन् ।
खोलाको पानी प्रयोग गर्नु उनका लागि रहर नभएर बाध्यता हो । विसं २०२८ देखि बस्दै आएको बस्तीमा खानेपानी व्यवस्था नहुँदा गाउँका बासिन्दाले धारपानी खोलाको पानी पिउन प्रयोग गर्दै आएका छन् ।
गाउँमा बस्दै आएका २० परिवारले खाना बनाउन, घट्ट चलाउन, लुगाकपडा धुन, गाईवस्तुलाई पानी खुवाउन र पिउनका लागि खोलाको पानी नै प्रयोग गर्दै आएका छन् । दशकअघि दार्चुलाको धुलीगडाबाट घर जग्गा सबै पहिरोले लगेपछि विस्थापनमा परेको साइमले धामी परिवार आश्रयको खोजीमा धारापानी गाउँमा बसेको छ । गाउँमा बसेदेखि धामी परिवारले पनि खोलाको पानी पिउनका लागि प्रयोग गर्दै आएका छन् ।
“वर्षातमा खोलाको पानी धमिलो हुन्छ, बाध्यताले त्यही पिउनका लागि प्रयोग गर्छौँ”, उनले भने, “जेठ–वैशाख महिना खोला सुक्ने भएकाले खानेपानीको खोजी गर्दै चुरे पहाडका खोलाखोला चहार्दै हिँड्नुपर्दछ ।” गर्मीका बेला खोला सुक्ने भएकाले चार÷पाँच किलोमिटर टाढाबाट समेत पानी बोकेर ल्याउनुपर्ने बाध्यता भएको उनले बताए ।
“पर्यटकीय क्षेत्र बतासे झर्ना जानका लागि गाउँ भएरै सडक आएको छ । व्यापार÷व्यवसाय बढेको छ । खाने गुजारा चलेको छ”, मोहनसिंह धामीले भने, “एउटै अभाव खानेपानी र विद्युत्को छ । दुवै भए दुर्गममा बस्दै आएका हामीजस्तालाई सुविधा हुने थियो ।” खानेपानी र विद्युत्का लागि स्थानीय तहदेखि प्रदेश सरकारका जनप्रतिनिधिसम्म कुरा राखे पनि सुनवाइ अझैसम्म हुन नसकेको उनले बताए । सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी खानेपानी र विद्युत् अभाव भएको चुरे क्षेत्रको धारापानी बस्तीका बासिन्दाको आवाज सुनेको बताउछन् ।
“धारापानी गाउँका बासिन्दाले दुवै कुराको मसँग माग गरेका छन् । चालु आवभित्रै खानेपानीका पाइपको व्यवस्था गर्न प्रतिबद्ध छु”, उनले भने, “बस्तीमै पुगेर अश्वासन दिएको छु । त्यो पूरा गर्छु । आउँदो आवभित्रै बस्तीमा विद्युत्को भरपर्दो व्यवस्था हुन्छ ।”
चारैतिर नदीले घेरिएको ठाउँमा बस्दै आएका धामी परिवारलाई वर्षात्को उर्लिँदो भेलले बगाउने चिन्तासमेत छ । चुरे क्षेत्रमा पर्दै गएको मानवीय चापले विनास हुन थालेपछि संरक्षणका लागि बस्ती हटाउन दबाबसमेत आउने गरेको छ । विद्यालय र स्वास्थ्यचौकीको सेवा लिन पाँच किलोमिटरको यात्रा तय गर्दै यहाँका बासिन्दा पिताम्बर, पारिफाँटा र झलारीसम्म पुग्ने गरेका छन् ।
वर्षातमा नदीमा पानीको बहाव बढ्दा ती सेवासमेत लिन यहाँका बासिन्दा बञ्चित हुने गरेका छन् । धारापानीमा बस्ती बसेको भए पनि आधारभूत सुविधा नहुँदा विस्तारै बस्ती छाडने क्रम बढदै गएको छ । बालबालिकालाई विद्यालय पढाउनसमेत निकै सास्ती रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन
फागुन ४, २०८१ आइतबार
सुदूरपश्चिम प्रदेश नीति आयोगमा दुई सदस्य नियुक्त
फागुन २, २०८१ शुक्रबार
विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण
माघ २९, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार