गुरुकुलका विद्यार्थीलाई चार दिवसीय अवलोकन भ्रमण

नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार २०:५:८

२० फागुन,पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र पुतलीबजार नगरपालिकाको सहकार्यमा गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने भएको छ । धार्मिक एवं सांस्कृतिक महत्वकास्थललाई पर्यटनसँग जोड्ने ध्येयले पुतलीबजार नगरपालिकास्थित पाणिनी गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीसम्मको अवलोकन भ्रमण गराउँन लागिएको हो ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारीले धार्मिक एवं सांस्कृतिकस्थलको पर्यटकीय चिनारीका लागि भ्रमण गराउन लागिएको जानकारी दिए । उनले गुरुकुलमा अध्ययनरत विद्यार्थी भविष्यमा राम्रो पथप्रदर्शक हुनसक्ने बताए ।
यही फागुन २२ गते शनिबारदेखि शुरु हुने चार दिवसीय अवलोकन भ्रमण स्वर्गद्वारीसम्म पुगेर सम्पन्न हुने छ । “नेपालमा धेरै धार्मिक एवं सांस्कृतिक महत्वकास्थल छन्, ती स्थानमा पुग्ने जोकोही पर्यटकलाई त्यहाँको पौराणिक, धार्मिक, सांस्कृतिक आदि पक्षबारे स्पष्ट रुपमा जानकारी दिने पथप्रदर्शकको खाँचो छ”, उनले भने, “गुरुकुलका विद्यार्थीलाई लक्षित गरी गर्न लागिएको अवलोकन भ्रमणले धार्मिक तथा सांस्कृतिस्थलमा आवश्यकपर्ने पथप्रदर्शक तयार गर्ने दीर्घकालीन लक्ष्यमा सहयोग पुग्ने विश्वास लिएका छौं ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार