लेडीका दुई कुकुर चोरी, फिर्ता ल्याइदिनेलाई पौने ६ करोड पुरस्कार !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार २०:३५:४
![](https://nepalbahas.prixacdn.net/media/albums/dog_6Csdx5C9hk.jpg)
२० फागुन, एजेन्सी । ओस्कार तथा ग्रामी अवार्ड विजेता गायिका लेडी गागाका चोरी भएका दुई कुकुर फिर्ता गर्नेले ५ लाख डलर ‘६ करोड ७८ लाख रुपैयाँ’ पुरस्कार पाउनेछन् । बुधबार साँझ हलिउडमा लेडी गागाका कुकुर घुमाउने व्यक्तिलाई गोली हानेर कसैले उनका दुई फ्रेन्च बुलडगहरु चोरी गरेको थियो ।
लेडी गागानिकट दुई स्रोतलाई उद्धृत गर्दै एनबीसीन्यूजले उनले घोषणा गरेको पुरस्कारबारे जानकारी दिएको छ । स्रोतका अनुसार यी पपस्टारले जोसुकैसँग कुकुर भए पनि फिर्ता गरेमा आधा मिलियन डलर दिइने र कुनै प्रश्न नसोधिने बताएकी छिन् । उनले कुकुर भएका व्यक्तिका लागि एउटा इमेल ठेगाना पनि जारी गरेकी छिन् जुन इमेलमार्फत ती व्यक्तिले पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
उनका हराइरहेका दुई कुकुरको नाम कोजी र गुस्ताव हो। लस एन्जलस पुलिसका अनुसार उनका कुकुर घुमाउने व्यक्तिलाई नर्थ सिएरा बोनिता एभेन्यूको १५०० ब्लकमा स्थानीय समयअनुसार बेलुकी लगभग ९ः४० बजे अज्ञात पुरुषले गोली हानेर मारेका थिए । ती व्यक्तिलाई सिडार–सिनाई मेडिकल सेन्टरमा लगिएको पुलिसले जनाएको छ ।
गागा नजिकका स्रोतहरूअनुसार उनले स्वास्थ्यलाभ गरिरहेका छन् । अधिकारीहरूले गोली हान्ने व्यक्तिको खोजी गरिरहेका छन्, जसले सेमिअटोमेटिक बन्दुक प्रयोग गरेको र घटनास्थलबाट सेतो गाडीमा भागेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार