ड्रेस टु इम्प्रेस सिजनमा ११५ जना डिजाइनरले प्रतिस्पर्धा गर्दै
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार २३:२१:२६
२० फागुन, काठमाडौं । डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेसन’को सिजन-३ आगामी १३ चैतमा हुने भएको छ । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ ‘स्कुल अफ फेसन’ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुनेछन् ।
प्रतिस्पर्धात्मक उक्त शोमा सहभागी हुने डिजाइनरहरु आईआईएफटीकै विद्यार्थी हुन् । बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीले हालैमात्र यस वर्षको ‘बेस्ट फेसन डिजाइनिङ इन्स्टिच्युट’ अवार्ड जितेको थियो ।
आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाका अनुसार आईआईएफटीको फेसन डिजाइनिङका विद्यार्थीलाई एक्सपोज गराउने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’ सुरु गरिएको हो । जहाँ आईआईएफटीबाट ६ महिने डिजाइनिङ कोर्ष पूरा गरी मोडलिङसम्बन्धी कक्षा लिएका डिजाइनरले प्रतिस्पर्धा गर्नेछन् । आईआईएफटीका अनुसार यसपटक ११५ जना डिजाइनरले भाग लिँदैछन् ।
पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुने ‘डेस टु इम्प्रेस’का लागि मोडल तथा कोरियोग्राफी विपना थापाले प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिने भएकी छन् । उनले प्रतिस्पर्धी डिजाइनरहरुलाई र्याम्पमा उत्रिनुअघिको तयारीका लागि प्रशिक्षण दिनेछिन् ।
‘ड्रेस टु इम्प्रेस’को अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् । व्यवसायी क्षेत्रका व्यक्तित्व र सेलिबे्रटीमाझ आयोजना हुने ‘ड्रेस टु इम्प्रेस’को प्रि-जर्जिङ राउण्ड ७ चैतमा हुने आईआईएफटीका निर्देशक शेर्पाले जानकारी दिए । यस डिजाइनिङ प्रतिस्पर्धाबाट विजेता एक जनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन् । यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई
असार ११, २०८१ मंगलबार
सानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार