मिसेस नेपाल ग्ल्याम २०२१ आयोजना हुने
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार २३:२८:२५
२० फागुन, काठमाडौं । ‘मिसेस नेपाल ग्ल्याम २०२१’ आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहिबार एक बिज्ञप्ती जारी गर्दै ‘मिसेस नेपाल ग्ल्याम’को आयोजना र सहभागीता बारे जानकारी गराएको हो । प्रतियोगिताको पहिलो अर्थात छनौट चरणको अडिसन आगामी ७ चैत्रमा हुनेछ ।
बानेश्वरस्थित होटल रानी महलमा आयोजना हुने अडिसनमा सहभागीताका लागि अनलाईन मार्फत र ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको कार्यालय र होटल रानीमहल र आदिकारिक फेसबुक अकाउन्टबाट आवेदन फर्म भर्न सक्नेछन् । प्रतियोगिताको यो तेस्रो सिजन हो । २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले सहभागीताका लागि आवेदन दिन सक्नेछन् ।
विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूको भविस्य सुधार्ने उदेश्य रहेको प्रतियोगिता ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रिती कार्कीले बताइन् । शीर्षसहित बिभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गर्नेछन् । आश्विनी नेपालका चर्चित तथा सबैभन्दा व्यास्त कोरियोग्राफर हुन् ।
प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए । प्रतियोगीताको बिजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशन’मा सहभागीता जनाउन पाउनेछन् । ‘मिसेस नेपाल ग्ल्याम’को उपाधि यस अगाडि अलाइजा महर्जन, मिनु प्रधान लगायतले जितेका थिए ।
अलाइजाले ‘मिसेस इन्टरनेशनल २०१८’ प्रतियोगिताबाट उनले ‘कन्टेस्टेन्ट अफ दि इयर’, ‘मष्ट इन्टेलेक्च्यु अल ब्यूटि’, ‘बेष्ट सेल्फ इन्टरडक्सन’ र ‘बेष्ट टेवल सेटअफ’ उपाधि समेत नेपाल भित्र्याएकी थिइन् । गत बर्ष कोरोना कारणले आयोजना यो प्रतियोगीता आयाेिजना हुन सकेको थिए । यसबर्षबाट त्यसले फेरि निरन्तरता पाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
मोडल हन्टको विजेता बने हिमाञ्चल, टिना, आर्यन सोनी चौधरी र सिमरन
साउन २७, २०८१ आइतबार
आस्माले जितिन् ‘मिस नेपाल वर्ल्ड’को उपाधि
साउन २०, २०८१ आइतबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार