विनोदको नेतृत्वमा चलचित्र पत्रकार संघ सुनसरी गठन
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार २३:३४:२४
२० फागुन, सुनसरी । चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । बुधवार हार्ट एफ एम धरान का कार्यक्रम संयोजक, रङ्ग पत्रकार बिनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती गठन भएको हो ।
बुधवार गठन भएको कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सह सचिव शरुपा थापा मगर, कोषाध्यक्ष सविना बान्तवा सहित सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आर.बी.कट्वाल, राजकुमार खाती, प्रशान्त पुरी र सुप्रीया राई रहेका छन । समितिको बाँकी सदस्य र सल्लाहकारहरु कार्यसमितिको पहिलो बैठक पछी थप गर्ने तदर्थ समितिका सचिव सुमन भट्टराईले बताए ।
कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा अध्यक्ष नरेन्द्र बस्नेत , चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान अतिथी हरुमा म्याजिक सिनेमा हल संचालक , निर्माता तथा कलाकार पर्शुराम चौधरी , निर्माता तथा निर्देशक भीम लामा, संगित साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसी , कलाकार तथा चलचित्रकर्मी महा संघ प्रदेश १ का महासचिव दिनेश कोइराला, वरिष्ठ संगीतकार गुरुदेव कामत, कोशी अनलाइनका सम्पादक सुविद गुरागाई , अग्रज पत्रकार कृष्ण अधीकारी ,निर्माता तथा निर्देशक प्रकाश सुब्बालगायत रहेका थिए । कार्यक्रममा फिल्मकर्मी राज कुमार राई प्रमूख अतिथीको रुपमा रहेका थिए ।
कार्यक्रममा अग्रज पत्रकार पिवी दियाली, सहयोगी भित्ता इटहरीका अध्यक्ष भरत श्रेष्ठ , चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा का कार्यसमिती सदस्य सुवास संकल्प, निर्देशक समाज नेपाल का सदस्य, निर्देशक भीषण राई, इलाइट सिनेमा इटहरी का संचालक नवराज केसी, निर्देशक समाज प्रदेश १ का सचिव बिनोद पुडासैनी, मैथिली कलकार सुनसरी संयोजक, सुजित कुमार शाह, निर्माता तथा कलाकार बिनोद पोमु , निर्देशक तथा कलाकार बिजय सुब्बा, कलाकार हिमाल दाहाल , सुरेन्द्र भुजेल , बाट घरे , अभिनेत्री कामना भुजेललगायतको उपस्थिती रहेको थियो ।
चलचित्र पत्रकार संघ नेपालको सुनसरी सहित ९ शाखा पुगेको छ । यसै साता संघको थप पाँच शाखा गठन हुने केन्द्रिय समितिका महासचिव समीर बलामीले बताएका छन् । आउँदो चैत्र ३ गते संघले केन्द्रिय समितिको साधारण सभा यस अघि नै घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार