प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइरहेको छ !
नेपालबहस संवाददाता
फागुन २०, २०७७ शुक्रबार ०:५७:४
२० फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइरहेको बताएकाे छ । बिहीबार साँझ देउवानिवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सरकार र विप्लव समूहबीच भएको वार्ता र सहमतिलाई सतर्कतापूर्वक हेरिरहेको बताएको छ । यद्यपि राजनीतिक विवादको शान्तिपूर्ण सम्वादबाट समाधान गर्न सकिन्छ भन्नेमा विश्वास राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सरकार र विप्लव समूहले वार्ता टोली बनाएपछि कांग्रेसले वक्तव्य जारी गर्दै सकारात्मक भनेको थियो । बिहीबार दुबै पक्षबीच तीनबुँदे सहमति भएको छ, जसलाई भोलि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा औपचारिकता दिने तयारी छ ।
शर्माले सरकारले विगतमा कांग्रेसले १० वर्षे हिंसात्मक द्वन्द्वलाई सबैको सहकार्यमा विश्वासमा लिएर समाधान गरेको कुराबाट सिक्न नसकेको टिप्पणी गरे । बैठकमा संसद्को पुनर्स्थापनापछि राष्ट्रिय राजनीति, कांग्रेसको भूमिकालगायत विषयहरूमा छलफल भइरहेको प्रवक्ता शर्माले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार