चुनढुङ्गा खानीले स्थानीयवासी समस्यामा
नेपालबहस संवाददाता
फागुन २०, २०७७ शुक्रबार ४:१६:४३
२० फागुन, वाग्मती । मकवानपुरको हेटौँडामा निजी क्षेत्रको लगानीमा सञ्चालित दुई ठूला सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएका चुनढुङ्गा खानीका कारण स्थानीयवासी समस्या भोग्दै आएका छन् । हटियामा रहेको शिवम् सिमेन्ट उद्योग र हेटौँडाको चुरियामाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योगले चुनढुङ्गा खानीबाट मापदण्डविपरीत जथाभावीरुपमा खानी क्षेत्र उत्खनन गर्दा स्थानीय बासिन्दा सस्यामा परेका हुन् ।
खानी क्षेत्रको आसपासको सडक बिग्रिने भत्किने समस्या, धुलो धुवाँको समस्या, ध्वनि प्रदूषणलगायतका वातावरणीय समस्या स्थानीयवासी झेल्न बाध्य छन् । यसबाहेक चुनढुङ्गा झिक्दा पन्छाएका अन्य ढुङ्गा, गिटी, माटो सर्वसाधारणको जग्गामा फाल्ने कारण पनि अर्को समस्या भोग्न बाध्य भएको स्थानीयवासीको गुनासो छ ।
विशेषगरी सिमेन्ट उद्योगद्वारा सञ्चालित चुनढुङ्गा खानीका क्षेत्रमा दिनहुँ उत्खखनजन्य कार्य हुँदा हेवी मेसिन उपकरणको प्रयोग, टिपरको आवतजावत हुनेहुँदा सडक बिग्रिएकाले स्थानीयवासीमा समस्या हुँदै आएको हो । खानीमा चुनढुङ्गा उत्खनन गर्दा पाँच प्रतिशत चुनढुङ्गा निकाल्नका लागि ९५ प्रतिशत अरु ढुङ्गा, गिटी, माटो पन्छाएर बाहिर फाल्नुपर्ने हुन्छ । व्यवस्थितरुपमा उत्खनन कार्य नहुँदा समस्या बल्झिँदै गएको छ ।
शिवम् सिमेन्ट उद्योगले जिल्लाको गढी गाउँपालिकाको सुकौरा र बुढीचौरमा खानी सञ्चालन गरेको छ । त्यसैगरी चुरीमाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योगले भीमफेदी गाउँपालिकाको भैँसे र कैलाश गाउँपालिका–४ लिक्चेडाँडामा रहेको गुराँस सिमेन्ट उद्योगको खानीबाट चुनढुङ्गा उत्खनन गर्ने गर्दछ ।
रिद्धिसिद्धी सिमेन्ट उद्योगको खानी क्षेत्रका व्यवस्थितरुपमा चुनढुङ्गा खानीको उत्खनन नगर्दा खानी आसपास क्षेत्रमा निस्कने धुलोका कारण एक दर्जन परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी बलराम चेपाङले आफ्नो घर नजिकै डोजर चल्न थालेपछि खानी आसपासका क्षेत्रबाट निस्कने धुलोका कारण घर धुलाम्य हुने अवस्था आएको बताए ।
उद्योगले एकसाथ खानी आसपास क्षेत्रको जग्गा खरीद गरी रकम दिएमा पनि अन्य स्थानमा जाने स्थानीयवासी राममाया चेपाङले बताउनुभयो । चुरीयामाईमा सञ्चालनमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योगले गुराँस सिमेन्ट उद्योगको खानी कैलाशको लिक्चेबाट चुनढुङ्गा उत्खनन गर्दा यस क्षेत्रका धेरै परिवारलाई वातावरणीय दृष्टिकोणले प्रभावित पार्ने गरेको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान बताउछन ।
वर्षायाम लाग्नेबित्तिकै सडक सबै हिलाम्य भएर घर नै छोडेर जानुपर्ने बाध्यता भएको मकवानपुर गढी गाउँपालिका वडा नं ५ ज्यामिरेका भरतप्रसाद फुयाँल बताउछन। उद्योगले खानी सञ्चालन गरेकै कारण स्थानीयले रोजगारीको अवसर पाएको रिद्धिसिद्धी सिमेन्ट उद्योगका खानी क्षेत्र हेर्ने इञ्जिनियर गणेशकुमार सिंह जिकिर गर्छन ।
उनका अनुसार उद्योगले आफ्नो ओभरबटमका लागि तारबार लगाएको छ । उनले बाटो नभएका स्थानमा उद्योगले बाटो बनाएको बताए । इञ्जिनीयर सिंहले बाटोमा पानी छर्किएर धुलो उड्न कम गरेको जानकारी दिए । साथै ढुङ्गा निकाल्नका लागि रुख काटिएको भए पनि अन्य स्थानमा रोपिएको उनले बताए ।
शिवम् सिमेन्ट उद्योगले गढी गाउँपालिकाको सुकौरा, बुढीचौर र आमभञ्ज्याङका बासिन्दासँग खानी व्यवस्थितरुपमा सञ्चालन गर्ने भनेर धेरैपटक लिखित सहमति गरेको तर कार्यान्वयन भने नगरेको स्थानीय बासिन्दाको गुनासो छ । ती दुवै उद्योगले सम्झौताअनुसारको कार्य नगर्दा समस्या भएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल बताउछन ।
जिल्लाका विभिन्न सिमेन्ट उद्योगले सञ्चालनमा ल्याएका चुनढुङ्गा खानीका कारण स्थानीयवासीका समस्या देखा परेकाले उद्योगसँग समन्वय गरी समस्या समाधान गर्न पहल गरिने योजना रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताउछन । उद्योगले वर्षमा अर्बौं रकम नाफा कमाउने तर निजी स्वार्थका लागि गाउँलेलाई चपेटामा पारेर विस्थापित गर्न लागिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।
चुनढुङ्गा उत्खनन् गर्दा वन क्षेत्रमा समस्या
शिवम् सिमेन्ट उद्योगले सुकौरामा रहेको खानीमा चुनढुङ्गा उत्खनन गर्ने क्रममा जङ्गलका रुखसमेत नष्ट भएको पाइएको छ । उत्खनन गरेपछि निस्कने अरु ढुङ्गा, गिटी, माटो पन्छाउने क्रममा सयौँ रुखका बिरुवा मरेका बताइएको छ । खानीमा चुनढुङ्गा उत्खनन गर्दा पाँच प्रतिशत चुनढुङ्गा निकाल्नका लागि ९५ प्रतिशत अरु ढुङ्गा, गिट्टी, माटो पन्छाएर बाहिर फाल्नुपर्ने हुन्छ ।
शिवम्को खानी क्षेत्रमा चुनढुङ्गा उत्खननपछि ओभरबटम बाहिर फाल्दा केही रु बिरुवा नष्ट भएको डिभिजन वन कार्यालय हेटौँडाका सूचना अधिकारी अच्युत उपाध्यायले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी पसेपछि विराटनगर विमानस्थल बन्द
असार १२, २०८१ बुधबार
भीआईपी सवार बुद्ध एयरमा रुवाबासी, काठमाडौं फिर्ता गरिएको जहाज फेरी भैरहवा मै अवतरण
असार १२, २०८१ बुधबार
घिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार