न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १६:९:२५
२१ फागुन, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु भएको छ । स्प्याक्ट गामा क्यामरा मेसिन मर्मतसम्भार गरी पुनः सेवा सञ्चालन गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालको रेडियोडायग्नोसिस तथा इमेजिङ विभागअन्तर्गत न्यूक्लियर मेडिसिन युनिटमा क्यान्सरका बिरामीका लागि अतिआवश्यक यो मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको हो ।
मेसिन सञ्चालनमा आएसँगै न्यूक्लियर मेडिसिनका परीक्षण तथा उपचार विधि नियमित भएको डा गौतमले जानकारी दिए। न्यूक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा रेडियोधर्मी अर्थात् रेडिएसन निस्किने औषधिको प्रयोग गरेर बिरामीको विभिन्न रोगको जाँच तथा उपचार गरिन्छ । यसबाट बिरामीको विभिन्न अङ्गको गहन जाँच हुन्छ । लगभग सबै अङ्गको जाँच गर्न मिल्छ ।
मस्तिष्क, घाँटीको थाइराइड, मुटु, फोक्सो, मिर्गौला, कलेजो, हड्डीको जाँच हुने उहाँले जानकारी दिनुभयो । हड्डीमा सङ्क्रमण भएको वा हड्डीमा क्यान्सर भएको दुवै किसिमको जाँच गर्न मिल्छ । अन्य कुनै क्यान्सर हड्डीमा फैलिएको छ कि छैन भन्ने पनि यसबाट पत्ता लगाउन सकिन्छ । यससँगै बिरामी लाभान्वित भएका छन् । विगत एक वर्षयता सो मेसिन बिग्रिएर थन्किएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार