प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १९:१७:१०
२१ फागुन,कास्की । पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण हुने सो भण्डारगृहको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका छन् । सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीको रु ७५ लाख तीन हजार ५७३ ९भ्याट बाहेक० लागतमा खोप भण्डारगृह आगामी विसं २०७८ वैशाख १७ गतेभित्रमा निर्माण गरी सक्ने गरी यही फागुन १७ गते न्यू केपी कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।
रु एक करोड १२ लाख ३६ हजार ४३५ लागत अनुमान रहेकामा सो रकममा निर्माण कम्पनीसँग सम्झौता गरिएको बताइन्छ । निर्देशक खड्काका अनुसार भण्डारगृह निर्माण सम्पन्न भएपछि दुईदेखि आठ सेन्टीग्रेट तापक्रममा ४० लाख जनसङ्ख्यालाई पुग्ने खोप व्यवस्थितरुपमा भण्डारण गर्न सकिनेछ । कोरोना महामारी अन्त्यपछि सो गृहलाई अन्य खोपको भण्डारगृहका रुपमा विकास गर्ने योजना रहेको जनाइएको छ ।
सो अवसरमा मुख्यमन्त्री गुरुङले कोरोना महामारीपछि स्वास्थ्य संरचना, उपकरण तथा जनशक्ति व्यवस्थापनमा राज्यले ठूलो लगानी गरेको बताए । देशका ३९६ स्थानीय तहमा एकैपटक अस्पताल भवन शिलान्यास गरिनु स्वास्थ्य क्षेत्रमा राज्यले गरेको ऐतिहासिक कार्य रहेको चर्चा गरे । गण्डकी प्रदेशका ११ जिल्ला अस्पताल र एउटा प्रदेश सङ्क्रामक तथा सरुवा रोग अस्पताललार्ई शुरुआतदेखि नै सुदृढीकरणका लागि सरकारले काम गरेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले पूर्वाधार, जनशक्ति, स्वास्थ्य उपकरण, उपकरण सुविधासम्पन्न बनाइएको उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर निर्वाचनका लागि गरेको सिफारिस सर्वोच्च अदालतले उल्टाइ दिएपछि संसद्भित्र सांसद खरिद बिक्री शुरु भएको र हरेक पार्टीभित्र विवाद सिर्जना भएर अस्थिरता शुरु भएको मुख्यमन्त्रीले बताए । उनले भने, “संसद् पुनःस्थापनाले कांग्रेस, जनता समाजवादीलगायत हरेक पार्टीभित्र विवाद र गुटबन्दी देखिएको छ । हरेक पार्टीभित्र विवाद शुरु भएको छ । चुनावमा जानुपर्दछ भन्ने सिफारिस सर्वोचले उल्टाइदिएर हामीलाई मन नपरे पनि न्यायपालिकाको निर्णयलाई शिरोधार्य गरेर कार्यान्वयन गर्न सरकार लागि परेको छ ।” नेपाल कम्युनिष्ट पार्टी नेकपा०का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले भावनात्मकरुपमा फुटेको पार्टीलाई जुटाउन सकिन्छ की भनेर आफूहरूले विकल्प खोजी गरिरहेको जानकारी दिए । उनले भने, “मुलुकको अस्थिरता अन्त्यका लागि ६४ प्रतिशत बहुमत प्राप्त नेकपाको सरकारलाई एकताबद्ध बनाएर स्थिरताको प्रत्याभूति दिन सबैले आवाज उठाउनुपर्दछ ।”
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले सङ्घीय सरकारले रु २६ करोड ५० लाख लागतमा ५० श्ययाको अस्पताल बनाउनका लागि बजेट उपलब्ध गराएको बताउँदै प्रदेश सरकारले त्यसमा थप लगानी गरेर १०० श्ययाको अस्पताल निर्माणको योजना अघि बढाएको जानकारी दिए । खोप भण्डारगृहसँगै प्रदेश प्रयोगशाला, औषधि भण्डारण गृहलगायत संरचना निर्माणका लागि बजेट सुनिश्चित गरिएकाले डिजाइन तयार भइरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार