देवदहमा बौद्ध विश्वविद्यालयको नयाँ पूर्वाधार निर्माण हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार २०:३९:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/debdaha-university_K6JGZPrBeQ.gif)
२१ फागुन,लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्धको मावली देवदहमा आजदेखि डीन कार्यालय स्थापना गरेको छ । सरकारले विश्वविद्यालयका लागि देवदहमा करिब ९० बिघा जमिन उपलब्ध गराउने निर्णय गरेसँगै विश्वविद्यालयले डीनको कार्यालय स्थापना गरेको हो । सरकारले केही दिनअघि मात्र देवदहमा केन्द्रीय संरचनाका लागि झण्डै ९० बिघा जग्गाको स्वामित्व विश्वविद्यालयलाई प्रदान गरेको थियो । सोही जग्गामा पूर्वाधार निर्माण थालनीको प्रक्रियामा शुरु गरिइएको छ ।
विश्वविद्यालयअन्तर्गतको स्कूल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो । देवदहमा विश्वविद्यालयले नयाँ पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । देवदहमा तपोवनसहितको पूर्वाधार निर्माण हुने विश्वविद्यालयले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बिहान डीन कार्यालयको उद्घाटन र नयाँ पूर्वाधार निर्माणस्थलको अवलोकन गरेका छन् ।
सो अवसरमा मन्त्री पौडेलले बौद्ध विश्वविद्यालयलाई विश्वस्तरमा चिनिने बनाउनुपर्ने बताए । अर्थमन्त्री पौडेलले विश्वविद्यालको विकासका लागि सरकारले लगानी गर्ने र बौद्ध क्षेत्र, शिक्षामा अनुसन्धानसहित बहुविषयमा यसलाई विश्वस्तरमा चिनिने विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयको पूर्वाधार र सडक पूर्वाधार एकैसाथ निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने बताए ।
सांसद छविलाल विश्वकर्माले निकै मेहनतले देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ति गरेको भन्दै अब यसको पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताए । उनले यो हजारौँ विद्यार्थीले भरिएको विश्वविद्यालय बन्ने बताउँदै त्यसका लागि अहिलेदेखिनै दीर्घकालका लागि महत्व राख्ने गरी योजना बनाउनुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बौद्ध विश्वविद्यालयले देवदहको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास गरे । विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट देवदहमा तीन विषयको पठनपाठन गरेको उपकुलपति डा हृदयरत्न बज्राचार्यले जानकारी दिए ।
एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिजका स्नातकोत्तर कक्षा देवदहमा शुरु भएका छन् । बुटवल र लुम्बिनीमा पठनपाठन गराइरहेको विश्वविद्यालयले बुटवलमा पनि डीन कार्यालय खोल्ने निर्णय गरेको छ । पछिल्लो विश्वविद्यालय सभाले डीन कार्यालयसहितको आंगिक क्याम्पस बुटवलमा खोल्ने निर्णय गरेको र त्यसको पूर्वाधार नयाँगाउँमा बन्ने विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले जानकारी दिए ।
एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिज नयाँ खुलेका विषय हुन । यो सङ्कायका डीन उकेशराज भुजुले प्राकृतिक स्रोत उपयोग गर्दै आर्थिक उपार्जन गर्ने उद्देश्य यी पाठ्यक्रम लागू गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
त्रिविको वार्षिक क्यालेन्डर कार्यान्वयन गरिने, आवश्यक परे जनशक्ति थप्ने सहमति
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार