किरणको चट्ट कपाल कोरेर सार्वजनिक, कम्मेन्ट गरे आकर्षक पुरस्कार !
नेपालबहस संवाददाता
फागुन २२, २०७७ शनिबार १३:१२:२४
२२ फागुन, धनकुटा । धनकुटा जिल्लाको पाख्रीवासस्थित संसारीमाई सिमसार क्षेत्रमा भिडियो छायाङ्कन गरिएको “चट्ट कपाल कोरेर” बोलको गीत सार्वजनिक गरिएको छ । जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्षका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवासको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । जसका लागि कोड नं:
१) चट्ट कपाल कोरेर – NTC (Crbt)-0831646 । Ncell (Prbt)-4421 । Smart Tel-10120995
२) दुबै मिली – NTC (Crbt)-0831647 । Ncell (Prbt)-4425 । Smart Tel-10120996
३) सुख दुःख जे भएनी – NTC (Crbt)-0831648 । Ncell (Prbt)-4429 । Smart Tel-10120997
यस्तै गीतमा कम्मेन्ट गरि सल्लाह, सुझाब लगायत प्रतिक्रिया दिने पाँच (५) जनालाई मोवाईल रिचार्ज पुरस्कृत गरिने प्रोडक्सन म्यानेजर राईले जानकारी दिए । जसका लागिः यस गीतमा दुई हप्ताको समयावधिमा आएका वा गरिएका कमेन्ट (सल्लाह, सुझाब, प्रतिक्रिया) मध्ये जस्को कमेन्टमा वढि लाईक आउछ उस्लाई रु १-१ हजारको दरले ५ जनालाई मोवाईल रिचार्ज लगाएर पुरस्कृत गरिने प्रोडक्सन म्यानेजर राईले जानकारी दिए ।
यदि समान लाईक आएको खण्डमा समान लाईक आउनेहरुको नाम लक्की ड्र मार्फत छनौट गरिने र नाम छनौटमा परेकाहरुको मोवाईल रिचार्ज पठाईने छ । विजेताको नाम छनौट भैसकेपछि पुरस्कार जित्ने व्यत्तिले धनकुटा खबरको मेलमा आफ्नो नाम, ठेगाना र मोवाईल नं (नागरिकताको फोटोकपी) पठाउनु पर्ने छ ।
चर्चित गायक किरण भुजेलको आवाज रहेको उक्त गीतमा विष्णु विक्रम निरौलाको शब्द रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ । कलाकार सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा वालकलाकार ईतुषा लिम्वुको भुमीका पनि उत्तिकै गहन रहेको छ ।
प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन विशेष लामा गुरुङले गरेका छन भने सम्पादन तथा निर्देशन गीतकार स्वंय विष्णु विक्रम निरौलाले गरेका छन । आफ्नो पहिलो गीत दर्शक सामु राख्न पाएकोमा खुशी ब्यक्त गर्दै गीतकार, सम्पादक तथा निर्देशक निरौलाले यसै गीत मार्फत आफूले आम दर्शकहरुको माया र साथ पाऊने अपेक्षा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार