सर्वाङ्गीण विकासका लागि बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता
नेपालबहस संवाददाता
फागुन २२, २०७७ शनिबार १९:४१:१८
२२ फागुन, काठमाडौं । लेखक तथा बाल साहित्यकारले मुलुकमा बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता महसुस गरी स्थापनाको पहल थालेका छन् ।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि पनि प्रतिष्ठानको आवश्यकता रहेको निष्कर्ष निकाल्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भेला भएका उनीहरुले प्रारम्भिक अवधारणापत्रमाथि छलफलसमेत गरका छन् । उक्त अवधारणापत्रलाई अन्तिम रुप दिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाउने जनाइएको छ ।
वरिष्ठ बाल साहित्यकार शान्तराज मानन्धरले बाल साहित्य गरिरहे पनि त्यसको नेतृत्व गर्ने संस्थाको अभाव खड्किएको जनाउँदै प्रतिष्ठानको आवश्यकतामा जोड दिए । “अब प्रतिष्ठान स्थापनाका लागि पहल थाल्न ढिलाइ भइसक्यो, हामीले नसके आउने पुस्ताले स्थापना गर्नेछन्, प्रारम्भिक काममा सबै जुटौँ”, उनले भने ।
लेखक तथा कलाकार रामबाबु सुवेदीले बाल प्रज्ञा–प्रतिष्ठान आवश्यक छ भन्नेमा कसैको दुई मत नरहेको उल्लेख गर्दै सामूहिक प्रयासको खाँचो रहेको औँल्याए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले विधागत विकासका लागि सम्बन्धित क्षेत्रसँग जोडिएको संस्था हुनुपर्नेमा जोड दिए ।
बाल साहित्यले हालै तयार पारेको अवधारणापत्रमा बालबालिकाको सीप र क्षमता विकासमा सर्जकले ध्यान दिनुपर्ने र त्यसका लागि प्रतिष्ठान महत्वपूर्ण संस्थाकारुपमा उभिने स्मरण गरेको छ ।
तयार पारेको प्रारम्भिक अवधारणापत्रमा बालसाहित्यको विकास, प्रवद्र्धन, र गुणस्तर बनाउन र बालमैत्री व्यवहार विकासका लागिसमेत प्रतिष्ठानको जरुरी भइसकेको उल्लेख छ । विधागतरुपमा नेपालमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलगायतका संस्था स्थापना भइसकेका छन् । बालसाहित्यकारले त्यस्तै स्वयत्त संस्थाका रुपमा बाल प्रज्ञा–प्रतिष्ठान बनाउने योजना अघि सारेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार