मंगल ग्रहको सतहमा अनुसन्धान सुरु
नेपालबहस संवाददाता
फागुन २२, २०७७ शनिबार २२:४२:३४
२२ फागुन, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान पेर्सिवरेन्स रोवरले मंगल ग्रहको सतहमा अनुसन्धान सुरु गरेको छ । नासाका अनुसार रोवर मंगल ग्रहको सतहमा डुलेर त्यहाँको अध्ययन गर्न थालेको हो । तर अहिले सो यान निकै पर भने गएको छैन ।
यानले हालसम्म ६.५ मिटरको यात्रा तय गरेको जनाइएको छ । नासाका वरिष्ठ वैज्ञानिक केटी स्टेक मोर्गनले यो निकै ठूलो र महत्वपूर्ण उपलब्धी रहेको बताएका छन् । यानले अझै धेरै प्राविधिक परीक्षण पास गर्नु पर्ने भए पनि सीमित क्षेत्रको अध्ययन थालिनु ठूलो कुरा रहेको उनले बताएका छन् ।
यानमा जडित रबरको पांग्रा पूर्णरुपमा गुड्न थालेपछि अध्ययनले थप गति लिने वैज्ञानिकको भनाई छ । पेर्सिवरेन्स रोवर नासाले मंगल ग्रहको सतहमा अवतरण गराएको अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको यान हो ।
आउँदो हप्ता रोवरले मंगल ग्रहको सतहका धेरै तस्बिर लिने अपेक्षा गरिएको छ । ती तस्बिरले वैज्ञानिकहरुलाई मंगल ग्रहबारे थप जान्ने अवसर प्रदान गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ
कात्तिक २९, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार