मकवानपुरमा आजदेखि दोस्रो चरणको खोप अभियान शुरु

नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १५:४२:३

२३ फागुन, वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडाको मकवानपुरमा कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणको खोप अभियान आजबाट शुरु हुने भएको छ । दोस्रो चरणको खोप ५५ वर्ष उमेरभन्दा माथिकालाई लगाइने जिल्ला खोप समन्वय समिति मकवानपुले जनाएको छ ।
गत महिना माघ १४ गतेदेखि फागुन ९ गतेसम्म पहिलो चरणमा खोप वितरण गरिएको थियो । माघ १४–२४ सम्म प्राथामिकतामा परेका लक्षित ‘क’ वर्ग, माघ २६ देखि २८ सम्म कैदीबन्दी, कर्मचारी सुरक्षाकर्मी तथा वृद्धाआश्रममा रहेका आश्रित एंव कर्मचारी र ‘ख’ वर्गमा परेकालाई फागुन २ देखि ९ गतेसम्म पहिलो चरणको खोप वितरण गरिएको हो ।
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले समितिले यसअगावै लक्ष्य गरेको पाँच हजार ७१९ मा दुई हजार ७७२ ले मात्रै खोप लगाएको जानकारी दिए । तिनमा पुरुषतर्फ दुई हजार २७२ छन् भने महिलातर्फ ५२३ रहेको समितिको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कलाई विश्लेषण गर्दा पहिलो चरण ४८ प्रतिशतले मात्रै खोप लगाएको देखिन्छ ।
खोप निर्धक्क भएर लगाउन जिल्ला प्रमुख अधिकारी गोविन्दप्रसाद रिजालले सबैलाई अनुरोध गरेको छ । जिल्लाको ४१ खोप केन्द्रबाट खोप लगाइन्छ । हेटौँडा उपमहानगरपालिकाको पाँच स्थान, थाहा नगरपालिकामा छ स्थानमा खोप केन्द्र रहेको छ । त्यस्तै इन्द्रसरोवर गाँउपालिकामा चार, कैलाशमा पाँच, राक्सीराङमा चार, मनहरिमा तीन, भीमफेदीमा चार, मकवानपुरगढीमा तीन, बैकया गाँउपालिकामा चार र वाग्मती गाँउपालिकामा चार स्थानमा खोप केन्द्र रहेको समितिले जानकारी दिएको छ । सन्ताउन्न हजार १०१ जना ५५ वर्षभन्दा माथिकाले र १७ हजार ५०० जना ६५ वर्षभन्दा माथि उमेरकाले खोप लगाउने लक्ष्य समितिले राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
फागुन १२, २०८१ सोमबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
माछा मार्न गएका युवकको मृत्यु
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु
फागुन १४, २०८१ बुधबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार