मध्यपुरथिमिमा १२ आयोजना निर्माण शुरु

नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १७:१:१८

२३ फागुन,भक्तपुर । गाउँगाउँमा सरकारका विकास योजना पुगेको प्रत्याभूति दिने गरी तीव्ररूपमा विभिन्न आयोजना सञ्चालनमा आएको भक्तपुरमा संसद् पुनःस्थापनापछि थप १२ आयोजनाको काम सञ्चालन भएको छ । सांसदले पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास साझोदारी ९सांसद विकास कोष० कार्यक्रमअन्तर्गत सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको विकासमा मध्यपुरथिमि नगरपालिकाभित्र मात्रै १२ आयोजनाको निर्माणकार्य शुरु गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्रीसमेत रहेका बस्नेतले समयमै काम सम्पन्न गर्ने गरी आफ्नो क्षेत्रको विकासमा कोषको रकम परिचालन गरेको बताए । भक्तपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका रहेकामा सांसद कोषअन्तर्गतको चार करोडको रकममध्ये सूर्यविनायक र मध्यपुरमा दुई–दुई करोडको योजना छनोट गरी आयोजना शुरु गरेको उनले जानकारी दिए ।
योजनालाई दिगो, प्रभावकारी, स्थायित्व तथा निर्धारित समयमा नै सम्पन्न गराउन उनले आयोजना मूल्याङ्कन तथा अनुगमन समितिसमेत गठन गरेको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७÷७८ मा मध्यपुरथिमि नगरपालिकामा विनियोजित रु दुई करोड बराबर आयोजना चालु आवभित्रै सम्पन्न गर्ने गरी तीव्रगतिमा अगाडि बढाइएको हो ।
सांसद बस्नेतका अनुसार मध्यपुरथिमि क्षेत्रभित्र रु २० लाखमा वडा नं १ दिव्यश्वरी गणेशमार्ग स्तरोन्नति, रु १० लाखको लागतमा वडा नं २ चेतनशील सामुदायिक भवनको अधुरो काम पूरा गर्ने, रु १० लाखको लागतमा वडा नं २ सानोथिमि वन कार्यालय पछाडि सामुदायिक भवन निर्माण, रु २० लाखको लागतमा वडा नं ३ गठ्ठाघर सागबारीमार्ग स्तरोन्नति, रु २० लाखमा वडा नं ४ लायाकु भैल तथा इन्द्रायणी मन्दिर परिसर पूर्वाधार निर्माण, रु २० लाख लागतमा वडा नं ५ लिप्चा गणेश पार्टी पुनःनिर्माण, रु २० लाखको लागतमा वडा नं ७ पार्टी विहारमा अनागरिका भवनको अधुरो काम पूरा, रु १० लाखमा वडा नं ७ नगदेश सांस्कृतिक प्रदेशद्वारको अधुरो काम पूरा, रु २० लाखको लागतमा वडा नं ९ खपलामा प्रवेशद्वार निर्माण, रु २० लाखको लागतमा वडा नं ८ देवुबाट कार्तिगः जाने बाटो स्तरोन्नति, रु ११ लाख ४० हजारको लागतमा वडा नं ८ बोडे सहयोग टोलबाट पश्चिम मनोहरा खोला जाने सडक स्तरोन्नति र रु १५ लाखको लागतमा वडा नं ७ गोपालमार्ग धुन्छे गहिरो सडक निर्माणकार्य शुरु भएको छ ।
ती आयोजनाको शिलान्यास सकेर काम अगाडि बढाएको बताउँदै सांसद बस्नेतले भने, “भक्तपुरको विकासमा निरन्तर लागिरहेको छु, म सांसद भएर आएपछि मात्रै भक्तपुरको विकासमा करिब रु छ अर्बको बजेट पारेर विकास योजना अगाडि बढाउँदै भक्तपुरको मुहार फेर्न लागिरहेको छु, भक्तपुरलाई विकास र समृद्धिमा लैजाने मेरो प्रयास अगाडि बढिरहने छ ।”
उनले सरकारले जनमुखी काम गरेकै कारण नेपाल विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति भएको बताए । उनले भने, “मैले निर्वाचनमा जनताप्रति गरेको प्रतिबद्धताअनुसारको काम तीन वर्षमा नै पूरा गरिसकेको छु, अबको करिब दुई वर्ष भक्तपुरमा सडक, शिक्षा, ढल, खानेपानी, पुललगायतका काम व्यापक मात्रामा जनचाहना थप गर्दै विकासलाई पूर्णता लिनेछु ।”
रोकिएको पेप्सीकोला थिमि, निकोसेरा सडक निर्माणको अन्तिम चरणमा पुगेको बताउँदै उनले हनुमन्ते करिडोरबाट मनोहरा करिडोरसम्म, वीर अस्पतालबाट मानव अङ्गको नयाँ भवनसम्म, स्मार्टसिटीदेखि रोकिएका विकास आयोजनासम्म पूरा लक्ष्य रहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा
फागुन ८, २०८१ बिहिबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
फागुन ७, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार