शताब्दी पुरुष सत्यमोहनबाट डीपीको पुस्तक ‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिजपारी’ सार्वजनिक
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:२८:५९
२३ फागुन, काठमाडौ । कवि तथा गीतकार डीपी दाहाल परिश्रमीको पुस्तक ‘अन्तर्मनका सुसेली’ र म्युजिक भिडियो ‘क्षितिजपारी’ सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका बिच पुस्तक र भिडियो एकसाथ सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी, बिशिष्ट अतिथि, वरिष्ट संगीतकार शम्भुजीत बास्कोटा लगायतले २ कृतिलाई सार्वजनिक गरेका थिए ।
२ कृति सार्वजनिक पछि प्रमुख अतिथि सत्यमोहन जोशीले कवि तथा गीतकार दाहाल लगायत भिडियोको टिमलाई बधाई दिए । म्युजिक भिडियोको तारिफ गर्दै जोशीले राम्रो भिडियो निर्देशन र कलाकारहरुको अभिनयले जिवनदान दिने काम भएको बताए । जोशीले पुस्तक ‘अन्तर्मनका सुसेली’को पनि तारिफ गर्दै यस पुस्तकको बारेमा लामो ब्यख्या गरेका थिए ।
त्यस्तै बिशिष्ट अतिथि शम्भुजीत बास्कोटाले पनि २ कृतिका लागी कवी तथा गीतकार डी पी दाहाल परिश्रमीलाई बधाई दिए । क्षितिजपारी गीतको म्युजिक भिडियो राम्रो लागेको बताउदै कलाकार र निर्देशकलाई बधाई दिए । म्युजिक भिडियोमा प्रस्तुत भएको ड्रामाले अझ राम्रो बनेको बास्कोटाले बताए ।
कार्यक्रममा कवि तथा गीतकार डी पी दाहाल परिश्रमीले आफ्नो धेरै पेषा भएपनि गीत, संगीत बिधाले आफुलाई जागाइरने र बचाइरहने काम गरेको बताए । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि लागायतलाई सम्मानपनि गरिएको थियो । चर्चित गायक प्रताप दास र चर्चित गायिका रचना रिमालले गाएको ‘क्षितिजपारी’ बोलको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । गीतमा डीपी दाहालको शब्द रहेको छ । यस म्युजिक भिडियो उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेका छन् ।
चर्चित मोडल सुधिर श्रेष्ठ र मोडल अशु न्यौपानेले अभिनय गरेको म्युजिक भिडियामा कामको तारिफ धेरै पाएका छन् । निकै अब्बल अभिनय र निर्देशनले गीतको म्युजिक भिडियो फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । यस भिडियोलाई चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र हुमागाई शर्माले खिचेका छन्, भने अमृत चापागाईले सम्पादन गरेका छन् । यो गीत डिलाइटेड युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार