स्नातक उत्तीर्ण युवा भैँसीपालन व्यावसायमा
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:५७:४३
२३ फागुन,सर्लाही । सर्लाहीका एक युवकले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । स्नातक पढाइ पूरा गरेर जागिर नखाइ बाउबाजेले गर्दै आएको पशुपालन पेशालाई अगाडि बढाउँदै आएका कविलासी नगरपालिका– १० सलेमपुरका रवीन्द्र यादवले गाउँमै कृषि फार्म खोलेर भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका हुन् ।
बाबुबाजेले गर्दै आएको कृषि पेशालाई नै अगाडि बढाउनुपर्छ भन्ने सोंच लिएर बिबिएको पढाइ सकेर आफूले करीब एक वर्ष पहिलाबाट रु २५ लाख बैंकबाट ऋण लिएर हिम अमृत कृषि फार्म दर्ता गराई भैँसीपालन व्यवसाय शुरु गरेको उनले बताए । एक वर्षदेखि सञ्चालन गर्दै आएको फार्ममा पालिएका भैँसीबाट उनले राम्रो आम्दानी गर्दै आएका छन् ।
उनले कृषि फार्ममा अहिले ५० भैँसी, तीन राँगा, २५ वटा पाडापाडी र दुई गाई रहेका छन् । पच्चीस दुधालु भैँसी उनले फार्म मै राखेका छन् भने दूध दिन छाडेका २५ भैँसी गाउँकै स्थानीय किसानलाई पाल्न दिएको यादवको भनाइ छ । आफूले फार्ममा पालेका सबै पशुको पशु बीमासमेत गराइसकेको उनले बताए ।
गाउँमा पाल्न दिएका भैँसी ब्याएपछि पालेबापत केही रकम दिएर पुनःफार्ममा फर्काएर ल्याउने गरेको उनको भनाइ छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने त्यस क्षेत्रको सुप्रशिद्ध चमेली माईको मन्दिर नजिक सडक छेउको आठ कट्ठा जग्गामा सञ्चालन भइरहेको उक्त कृषि फार्ममा पालिएका भैँसीको आहाराका लागि करीब साढे तीन बिघा जग्गा भाडामा लिएर घाँससमेत रोपेको उनको भनाइ छ ।
प्रत्येक दिन एउटा भैँसीका लागि करीब ५० किलो आहाराको आवश्यकतापर्ने गरेको उनले बताए । यसका लागि प्रतिभैँसी ३० किलो सुख्खा भुँस, १५ किलो हरियो घाँस र पाँच किलो दाना मिसाएर खाना तयार पारिन्छ । फार्मबाट दैनिक २०० लिटर दूध उत्पादन हुने गरेको छ । कृषक यादवले कृषि फार्ममा उत्पादन भएको दूध बजारसम्म पु¥याउनका लागि फार्मसँगै डेरी पनि खोलेका छन् । उक्त डेरीमा आसपासका स्थानीय किसानले उत्पादन गरेको दूधसमेत सङ्कलन गरी दैनिक करीब ५०० लिटरभन्दा बढी दूध जिल्ला सदरमुकाम मलङ्गवालगायतका ठूला बजारमा पठाउने गरेको तर पनि बजारको मागअनुसार पु¥याउन नसकिएको उनले जानकारी दिए ।
उनले कृषि फार्ममा दुई जना स्थानीय व्यक्तिलाई रोजगारीसमेत दिएका छन् । उनले अझै भैँसी थप्ने योजना रहेकोसमेत बताए । एक वर्ष पहिले करीब रु २५ लाख बैंकबाट ऋण लिएर शुरु गरेको व्यवसाय अहिले करीब रु एक करोड २५ लाख पुगिसकेको छ । दूध बिक्रीबाट राम्रो आम्दानी भइरहेकाले कृषि पेशाबाट आफू पूर्ण सन्तुष्ट रहेको यादवको भनाइ छ । युवाशक्ति सबै विदेश जानेक्रम चलिरहेका बेला उहाँ भने यस क्षेत्रका युवाका बीच गतिलो उदाहरण बनेका छन् ।
पढेलेखेका युवालाई जागिर नपाएर वैदेशिक रोजगारीमा जानूभन्दा आफ्नै देशको भूमिमा रहेर कृषि क्षेत्रमा लाग्न उनको सुझाव छ । कृषिमा पशुपालन मात्र नभई व्यावसायिक तरकारी तथा फलफूल खेती, मत्स्यपालन, पोल्ट्री फार्म तथा कृषिसम्बन्धी अन्य विभिन्न क्षेत्रमा राम्रो सम्भावना रहेकाले आफूले गर्नसक्ने कुनै पनि एउटा व्यवसाय छनोट गरी त्यससम्बन्धी तालीम लिइ दक्षता हासिल गरेर अगाडि बढ्न उहाँले युवालाई सुझाव दिएका छन् ।
कृषि व्यवसाय सञ्चालन गर्न सरकारले किसानलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ । बेलाबेलामा अनुदान दिने र ऋणको ब्याजमा समेत सहुलियत दिने गरेकाले कृषि पेशा अरु पेशाभन्दा सुरक्षित रहेको कृषक यादवको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार