तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार ११:३८:४७
वि.सं. २०७७ साल फागुन २४ गते । सोमबार । इ.स.२०२१ मार्च ०८ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । फागुन कृष्णपक्ष । तिथी– दशमी,१७ बजेर ४४ मिनेट उप्रान्त एकादशी । नक्षत्र– पूर्वाषाढा,२२ बजेर ३४ मिनेट उप्रान्त उत्तराषाढा । योग–व्यातिपात,१५ बजेर ५७ मिनेट उप्रान्त वरियान । करण– वणिज,०६ बजेर ३४ मिनेट उप्रान्त भद्रा,१७ बजेर ४४ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेटमा,सूर्यास्त १८ बजेर ०७ मिनेटमा । दिनमान २९ घडी २० पला । नारी दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलतापूर्वक जीम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिने छ । साथिभाई तथा आफन्तका साथ रमाईलो वातावरणमा दिन बित्नेछ । पढाईलेखाईमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईको गतिलो उपश्थितीले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- सत्यता बुझेर अगाडी बढ्नुको सट्टा हल्लाको पछी लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुशि भएको महशुस गर्नेछन् । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । पढाईलेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- समय राम्रो रहेकोले थोरै समयमा उपलव्धी मुलक कामहरु बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पती हात लागी हुनेछ । पढाईलेखाईकै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नोकरिमा पदोन्नती हुने योग रहेकोछ । सन्तान तथा आफन्तको सहयोग पाउदा मन प्रशन्न हुनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- मायाप्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवनसाथिको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धी न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरु भन्दा पछी परिने चिन्ताले सताउनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- तपाईले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । विवादित बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाईलेखाईमा प्रतिस्पर्धीहरुलाई पछी पार्दै तपाईको नाम अग्र स्थानमा आउनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- असजिलो परिस्थिती हरुलाई बुद्धिमता पुर्वक सहजतामा ढाल्न सकिनेछ । मायाप्रेमको गाठो कसिलो हुनेछ भने जीवनसाथिको सहयोगले उत्पादन मुलक काम गर्न सकिने छ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुको नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिने छ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गितसंगित तथा मोडलिङमा बिशेष चासो बढ्नेछ । पढाईलेखाईमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजभुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले पद प्राप्तीको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- कुनैपनी आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तरपनि काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):-आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन होला। शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाई तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारीसाधन प्राप्तीको गतिलो योग रहेकोछ । भविस्यका लागी काम गर्न सकिने समय रहेकोछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथिभाईहरुको सहयोग पाईनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार