सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखारहित बैकिङ्ग सेवा सुरु
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार २३:५५:०
२३ फागुन, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पर्सा जिल्लाको सखुवा प्रसौनीमा बैंकको शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
०७७ फागुन २२ गतेबाट जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।
शाखारहित बैकिङ्ग सेवाको शुभारम्भ प्रमुख अथितिका रुपमा प्रदेश २ का विधायक मन्जुर आलम र विशेष अथितिको रुपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रुपमा एक समारोहबीच उद्घाटन गरेका छन् ।
उक्त अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पुरानो बजारको रुपमा रहेको देवारवानामा शाखारहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्दत पुग्ने बताए ।
कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जना भन्दा बढी सहभागिता रहेको थियो । शाखारहित बैकिङ्ग सेवामा निक्षेप संकलन, रकम भुक्तानी लगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखा रहित बैंकिङ्ग र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकका सेवाहरुमा आकर्षक छुट
असार २, २०८१ आइतबार
धेरै वाणिज्य बैंकले असारमा घटाए ब्याजदर, धेरै मुनाफा कमाउने नबिलले बढायो, ग्लोबलले घटायो
जेठ ३२, २०८१ शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
हेटौंडा उपमहानगरको बजेट २ अर्ब ४३ करोड, चालु आवको भन्दा १६ प्रतिशतले कम
असार २, २०८१ आइतबार