भट्टराई कुलवंश प्रतिष्ठान दमक नगर समितिको आठौं नगर अधिवेशन सम्पन्न
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन २३, २०७७ सोमबार १:२५:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/bhattarai_6ZgfJE85pQ.jpg)
२३ फागुन, काठमाडौं । भट्टराई कुलबंश प्रतिष्ठान दमक नगर समितिले गत फागुन २१ गते भएको आठौँ नगर अधिवेशनबाट नयाँ नगर समिति चयन गरेको छ ।
भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त नगर अधिवेशनमा वर्तमान नगर समितिले भए गरेका कामहरुको बिषयमा नगर अध्यक्ष बुद्धिशेखर भट्टराईले प्रगति प्रतिबदेन प्रस्तुत गरेका थिए ।
भट्टराई परिवारको पारिवारिक एकताको मूल थलोको रुपमा रहेको भट्टराई कुलबंश प्रतिष्ठानले २०५० सालदेखि निरन्तर रुपमा आफ्ना गतिबिधिहरु सञ्चालन गर्दै आईरहेको छ । केन्द्र, प्रदेश, जिल्ला, नगर, गाँउ र वडास्तरसम्म आफ्नो सञ्जाल स्थापित गरिसकेको प्रतिष्ठानले सामाजिक क्षेत्रमा पनि उलख्य कामहरु गरिरहेको केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले बताए । भट्टराई कुलबंश प्रतिष्ठान दमक नगर समितिले दमकमा बिशिष्ठ रुपमा काम गर्दै आईरहेको र यसलाई थप प्रभावकारी बनाउँदै देशब्यापी बनाईने नगर समिति अध्यक्ष बुद्धिशेखर भट्टराई बताए ।
आठौं नगर अधिबेशनबाट पुनः बुद्धिशेखर भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नगर समिति गठन गरिएको र दमकमा रहेका बिशिष्ठ पारिवारीक व्यक्तित्वहरुलाई समेटेर ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको नवनिर्वाचित अध्यक्ष बुद्धिशेखर भट्टराईले नेपाल बहशलाई जानकारी गराएका छन् ।
परिवारलाई दर्बिलो र प्रभावकारी बनाउन परिवारमा छोरी बुहारीहरुको समेत उल्लेख्य भूमिका रहने कुरालाई मध्यनजर गर्दै दमकमा महिला बिभाग अन्तर्गत छोरी बुहारी नगर सञ्जाल समेत गठन गरिएको निवर्तमान सचिव यज्ञप्रसाद भट्टराई बताउँछन् ।
गंगा भट्टराईको अध्यक्षतामा गठित छोरी बुहारी नगर सञ्जालले आफ्नो छुट्टै पहिचान सहितका कार्यक्रमहरु सञ्चालन गरेर पारिवारीक एकता र कुलको परम्पराहरुलाई जगेर्ना गर्ने कुरामा कृयाशिल रहने नव नियुक्त अध्यक्ष गंगा भट्टराईले बताएकी छिन् ।
प्रतिष्ठानको आठौं नगर अधिबेशनको अवसरमा दमककै जेष्ठ आमा ११० बर्षकि नन्दकुमारी अधिकारी, भट्टराई परिवारकै जेठो पुस्ता बंश नं. २१ कि ८५ बर्षिय लिलामायाँ भट्टराई, बंश नं. २३ कि ९९ बर्षिय आमा मनमायाँ भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको प्रतिष्ठानका जिल्ला सचिव गिरिराज भट्टराईले बताए । अन्य पारिवारिक संस्थाहरुलाई समेत उदाहरणिय बन्दै आएको भट्टराई कुलबंश प्रतिष्ठानको आफ्नै ५ बिघा जमिन, दर्जन बढी मठ मन्दिर र गुरु बशिष्ठ र कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक समेत रहेको छ । छुट्टै १ बिघा जमिनमा बटुकहरु राखेर गुरुकुल सञ्चालन गर्दै आईरहेको भट्टराई कुलबंश प्रतिष्ठानलाई दमक नगर पालिका, जिल्ला र प्रदेश सरकारबाट समेत आर्थिक तथा प्राबिधिक सहयोग प्राप्त हुँदै आईरहेको छ ।
नव नियुक्त नगर समिति, छोरी बुहारी नगर समिति, वडा समितिका पदाधिकारी तथा सदस्यहरुलाई कुल मन्दिरका पुजारी हरिश्चन्द्र भट्टराईले सामुहिक सपथ ग्रहण गराएका थिए । २०५० सालदेखि अखण्ड दिप प्रज्वलन गरिरहेको भट्टराई कुल मन्दिरलाई आगामी दिनमा ७ वटै प्रदेशमा आफ्नै मन्दिर निर्माण गरि अखण्ड दीप बाल्ने योजना रहेको र प्रतिष्ठानले २ करोड रुपैयाँको अध्यक्षकोष खडा गरी प्रतिष्ठानलाई अझ शशक्त रुपमा अगाडि बढाउन लागिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले बताएका छन् ।
झण्डै ५०० जना भट्टराई परिवारका सदस्यहरुको उपस्थिति रहेको उक्त नगर अधिबेशनको कार्यक्रम सञ्चालन निवर्तमान नगर सचिव यज्ञप्रसाद भट्टराईले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने
असार १, २०८१ शनिबार
शनिबारदेखि काठमाडौं उपत्यकामा मनसुन सक्रिय हुने
जेठ ३२, २०८१ शुक्रबार
तीन व्यवसायिक संस्थाले गरे भक्तपुरमा रक्तदान
जेठ ३२, २०८१ शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
हेटौंडा उपमहानगरको बजेट २ अर्ब ४३ करोड, चालु आवको भन्दा १६ प्रतिशतले कम
असार २, २०८१ आइतबार
निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस
असार २, २०८१ आइतबार
बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : पशुपति समशेर जबरा
असार २, २०८१ आइतबार
काठमाडौंमा एक दिने चिनियाँ शैक्षिक प्रदर्शनी हुँदै
असार २, २०८१ आइतबार