प्रधानमन्त्रीका आर्थिक सल्लाहकार दुगडको उद्योगले भुजियाको ट्रेडमार्क चोरी गरेको आरोप
नेपालबहस संवाददाता
फागुन २३, २०७७ सोमबार १:२५:२१
२३ फागुन, विराटनगर । भारतीय भुजिया उत्पादन गर्ने कम्पनी विकानेरको हुबहु नक्कल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार एव उद्योगी मोतीलाल दुगडको कम्पनी सेन्चुरी स्पाइस एण्ड स्न्याक्सले भुजियाका तीन ब्राण्ड उपभोक्ता झुक्याउने गरि नेपाली बजारमा ल्याएको छ ।
दुगडले उत्पादनमा ल्याएको मुङदाल, कुछकुछ र भुजियाको चारसय ग्रामको प्याकेटमा भारतीय उत्पादन विकानेरको हुबहु नक्कल गरेर प्याकेजिङ गरि बजारमा ल्याएका हो । यसअघि भारतीय कम्पनीकै खाजा कुरकुरेलाई उनले नेपालमा कुरमुरे भनेर बिक्री बितरण गर्दै आएका थिए ।
विराटनगर ४ की उपभोक्ता इन्दिरा कार्कीले विकानेरको भुजिया भनेर बजारबाट किनेर लगेको र स्वादमा फरक भएपछि सो प्योकट राम्ररी केलाएर हेर्दा दुगडको उत्पादन भनेर थाहा पाएको गुनासो गरेकी छन । उपभोक्ता झुक्कीने गरि उस्तै प्याकेट र उस्तै नाम राखेर नक्कली उत्पादन बजारमा ल्याउनु उपभोक्तामाथिको ठाडो ठगी भएको उपभोक्तवादी संघसंस्थाहरुले बताउन थालेका छन ।
सेन्चुरी ब्राण्डको मसला उत्पादन गरेर राम्रो व्यवसायिक सफलता आर्जन गरेका दुगडले पछिल्लो समय भुजिया, अचार, शस र जामजेलीको समेत उत्पादन थालेका छन । सेन्चुरी स्पाइस एण्ड स्न्याक्स कम्पनीको नामबाट बजारमा आएका भुजियाको प्याकेटको डिजाइन हुबहु बिकानेरको नक्कल गरिएको पाइएको छ ।
ट्रेडमार्क कानुन अनुसार कुनैपनि उत्पादनको नक्कल गर्न नपाइने व्यवस्था छ । तर दुगड आफैं विगतमा मन्त्री भएकाले उनले उद्योग विभागमा सबै कुरा मिलाएको हुनुपर्ने आशंका उत्पन्न भएको छ । विराटनगरका एकजना उद्यमी वीरेन्द्र राठीले नेपालबहससँग भने भारतमा उत्पादन भएर अन्तर्राष्ट्रिय ब्राण्ड बनेको विकानेर भुजियाको नेपालमा ब्राण्ड दर्ता हुँदाहुँदै कसरी हुबहु दुगडको उत्पादन बजारमा आउछ ?’ अर्काे लोकप्रिय ब्राण्डको चोरी गरि दर्ता गरेरै भएपनि उपभोक्तालाई झुक्याउने गरि उत्पादन बजारमा ल्याउनु उपभोक्ताको अधिकारीमाथिको खेलबाड नै भएको उनको दावी छ ।
भारतमा उत्पादन भएर उद्योग विभागमा दर्ता भएको कम्पनीका उत्पादन हुबहु नेपालका कुनैपनि कम्पनीले उत्पादन गर्न पाउँदैनन् । ती उद्योगी भन्छन ‘नेपालमा दर्ता नै नभएपनि भारतीय टेलिभिजनमा यस्तै उत्पादनको प्रचार आइरहेको छ भनेर पनि कतिपटक उत्पादनको अनुमति नदिएको घटना आफुसँग छ ।’
उनले भने ‘पावर र पैसाको आधारमा उद्योग विभागले दर्ता गरिदिन्छ सामान्य र निरिह उद्योगीलाई यस्तो छ, उस्तो छ भनेर फर्काइदिने गरेका छन ।’ पछिल्लो समय हेलो र सेलो ब्राण्डका विषयमा मुद्दा परेको महिनौ बित्दा समेत अनिर्णयको बन्दी भएको उद्योग विभाग प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको उत्पादनमा हुवहु हुँदा समेत मौन रहेकोमा आश्चर्य लागेको उनले बताए ।
पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०४४ मा परिच्छेद २ को ६ मा पहिले नै अरु कसैको नाममा दर्ता भएको, दरखास्तवालाले दर्ता गराउन चाहेको पेटेण्ट आफैंले आविष्कार नगरेको र आविष्कार गर्ने व्यक्तिबाट हक पनि प्राप्त नगरेको रहेछ भने खारेज गर्न सकिने प्रावधान रहेको छ ।
त्यसैगरि परिच्छेद ३ को १२ (२) मा यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको डिजाइन अरु कसैले नक्कल गर्न वा नामसारी नगराई वा अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन नपाउने प्रावधान रहेको छ । विश्वका विकसित मुलुकमा बौद्धिक सम्पत्ती संरक्षणको कानून निकै कडा रहेको र त्यसलाई हेर्ने निकाय नै छुटै भएपनि नेपालमा उद्योग विभागको एउटा शाखाले हेर्ने गरेको छ ।
कानुनको कमजोरीको फाइदा उठाउदै शक्तिकेन्द्रमा आसिन व्यक्तिहरुबाट ‘चलखेल’ गर्नेहरुले लाभका लागि काम गरिरहेपनि कसैको सम्पत्तीमाथि धावा बोल्नु गलत भएको दावी स्थानीय उद्योगी एवं व्यवसायीहरुले गरेका छन ।
र याे पनि…..
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
जेठ १५, २०८१ मंगलबार
सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने
जेठ १५, २०८१ मंगलबार
विभिन्न क्षेत्रमा लाग्दै आएको करका दरबारे के भन्छ बजेट ?
जेठ १५, २०८१ मंगलबार
बजेट हावादारी भयो, सुधारका कार्यक्रम देखिएनः कांग्रेस
जेठ १५, २०८१ मंगलबार
बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने
जेठ १५, २०८१ मंगलबार