हाटबजारमा सनराइज बैंकको क्यूआर सेवा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन २३, २०७७ सोमबार २:३:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/sunrise-bank_7Q1lGvtitJ.jpg)
२३ फागुन, काठमाडौं । नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्धेश्यका साथ सन्राइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ ।
यसै अनुरुप बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ ।
उक्त कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर निर्पबहादुर वड, सनराइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्रबहादुर शाही, त्रिनगर कृषि हाट बजार ब्यबस्थापन समिती धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशिल सामाजका कोषाध्यक्ष गणेश बि.क. र शाखा प्रबन्धक धर्मकुमार बिष्ट बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सनराइज बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर निर्पबहादुर वडले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पु¥याउन धनगढी उप–महानगरपालिकाले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताए । डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको उनको भनाई थियो ।
सोही कार्यक्रममा सनराइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्रबहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा सन्राइज बैंकले सबैक्षेत्रकास–साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु देखि लोकल बसहरुसम्म पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको बताए ।
साथै त्रिनगर कृषि हाट बजार ब्यबस्थापन समिती धनगढीका भवानी सिं चैसिरले अब त्रिनगर कृषी हाट बजारमा तरकारी तथा फलफूूल खरिद बिक्रि गर्न आउने व्यक्तिहरुले स(साना कारोबारमा समेत डिजिटल बंैकिङ्ग मार्फत सुरक्षित कारोबार गर्न सक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकका सेवाहरुमा आकर्षक छुट
असार २, २०८१ आइतबार
धेरै वाणिज्य बैंकले असारमा घटाए ब्याजदर, धेरै मुनाफा कमाउने नबिलले बढायो, ग्लोबलले घटायो
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार