त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी, युवा नेता भण्डारीद्धारा अनशनको नयाँ चरण उद्घाटन
नेपालबहस संवाददाता
फागुन २३, २०७७ सोमबार २:४:४९
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवानेता एवं नेविसंघका पुर्व कावा सभापति क्षितिज भण्डारीले यो हप्ताभित्र त्रिभुवन बिश्वविद्यालयले ३३ दिनदेखि अनशनरत नेबिसंघका नेता कार्यकर्ताको स्ववियु निर्वाचन र विद्यार्थी हकहित बारे माग सम्बोधन हुने गरी उच्चस्तरीय वार्ता नगरेमा उपकुलपतिलाई निषेध गर्दै देशभर त्रिविवि प्रशासन ठप्प पार्ने चेतावनी दिएका छन् ।
नेता भण्डारी आएपछि नेता कार्यकर्ताले जिन्दावादको नारा लगाउँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा राजीनामा माग्दै भीसी, रेक्टर, रजिस्ट्रार लगायतको कार्यालयमा तालाबन्दी गरेका थिए ।
नेपाली कांग्रेसको आधिकारिक निर्देशन अनुरुप भैरहेको यो आन्दोलनमा ओलीको राजीनामा प्रसङ्ग समेत जोडिएको चर्चा गर्दै हालसम्म वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, नबिन्द्रराज जोशी, गुरुराज घिमिरे, प्रदिप पौडेल, दीलेन्द्र प्रसाद वडु, दीपक खडका, राजन केसी, रन्जित कर्ण, पदमराज जोशी, डा. सुनिल शर्मा, कुन्दनराज काफ्ले, सरोज थापा, अमरेशकुमार सिंहदेखि कम्युनिस्टहरुको तर्फबाट पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले समेत ऐक्यबद्धता जनाउँदै समर्थन जनाएका छन् ।
युवा नेता भण्डारीले ऐक्यबद्धता जनाउने सबैलाई धन्यवाद ज्ञापन गर्दै अनशनकारीलाई अबिर लगाएर अनशनको नयाँ चरणको उद्घाटन गरेको त्रिविवि समिति अध्यक्ष डा. श्यामचन्द्र अधिकारीले बताए । डा. अधिकारीले आजको वार्ता असफल भएकोले बाध्य भएर तालाबन्दी गरिएको बताए । नेबिसंघका केन्द्रीय नेता प्रेमिका रानामगर, भुवन भट्ट, धर्म शाही लगायत सयौं नेता कार्यकर्ता रहेको त्रिविविका कावा सभापति गणेश भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
सरकारले सिकलसेलको औषधि ल्याएर वितरण गर्छ: प्रधानमन्त्री
कात्तिक २६, २०८१ सोमबार
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, भारतको बाटो भएर विदेश जाने नेपालीलाई एनओसी चाहिन्न
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार