आर्मीविरुद्ध १५५ रनमै समेटियो मेयर्स–११, सन्दीपको हिर्काए ३७ रन
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १९:३८:४५
२४ फागुन, काठमाडौं । काठमाडौंमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर्स(११ टिमले त्रिभुवन आर्मी क्लबलाई १ सय ५६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको मेयर्स-११ ले ४२.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनायो ।
उसका लागि सौरभ खनालले ७३ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ४७ रन बनाए ।
त्यस्तै, सन्दीप रजालीले ३७, खडक बोहराले १९, हरिशंकर साहले १८ रनको योगदान दिए ।
कप्तान सन्दीप लामिछाने आज १३ रनमै आउट भए । उनले आज १८ बलको सामना गर्दा २ चौकाको मद्दतमा १३ रन मात्र जोड्न सके ।
पहिलो खेलमा आइतबार बागमती प्रदेशविरुद्ध सन्दीपले २० बलका ६ छक्काको मद्दतमा ४२ रनको पारी खेलेका थिए ।
बलिङमा आज साहब आलमले चार, जितेन्द्र मुखियाले तीन, सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले एकएक विकेट लिए ।
जारी प्रतियोगितामा आर्मीले पहिलो खेलमा हारको सामना गरेको थियो । आर्मी पहिलो खेलमा नेपाल एपीएफ क्लबविरुद्ध एक विकेटले पराजित भएको थियो ।
सन्दीप लामिछाने नेतृत्वको मेयर्स–११ ले भने पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै उत्कृष्ट सुरुवात गरेको छ ।
मेयर्स–११ के प्लेइङ ११ः हरिशंकर साह, खडकबहादुर बोहरा, बिपिन रावल, सन्दीप रजाली, कृष्ण कार्की, सिद्धान्त लोहनी, सौरभ खनाल, सन्दीप लामिछाने (कप्तान), नारायण जोशी, बिपिन खत्री र खनिल खरेल ।
आर्मीको प्लेइङ–११ः सोमपाल कामी, लोकेश बम, भीम सार्की, रोहितकुमार पौडेल, विनोद भण्डारी (कप्तान), कुशल मल्ल, राजेश पुलामी, करण केसी, बिक्रम सोब, जितेन्द्र मुखिया र साहब आलम ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार